१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

काँग्रेसका पराजित उम्मेदवार छोराको गोली हानी हत्या

गाेली हानी हत्या गरिएका अबु स्वयब अकवर चुनाब प्रचारका क्रममा सेल्फी खिच्दै

रौतहट—रौतहटको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३ः३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो।

पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो। छातीमा गोली लागेका उनी छटपटिन थालेपछि तत्काल जिल्ला अस्पताल गौरतर्फ लगिएको थियो। बिहान करिब ४ बजे बाटोमै मृत्यु भयो।

गर्मीका कारण बरन्डामा चार पाँच जना साथीसँग सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली हानेको हो। किन गोली चलाएको खुल्न सकेको छैन। पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो। छातीमा गोली लागेका उनी छटपटिन थालेपछि तत्काल जिल्ला अस्पताल गौरतर्फ लगिएको थियो। बिहान करिब ४ बजे बाटोमै मृत्यु भयो।

उनको छातीमा दुई गोली लागेका छन्। 

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक झाका अनुसार व्यक्तिगत रिसइबीका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘व्यक्तिगत रिसइबीका कारण घटना भएको जस्तो देखिन्छ। प्रहरीले अनुसन्धान गरिरहेको छ’, उनले भने।

केही दिन अघि घोषित स्थानीय तहको निर्वाचन मतपरिणाममा वडा अध्यक्षमा माओवादीले जितेको थियो। मेयर उपमेयरमा काँग्रेसले जितेको थियो।

 

प्रकाशित: ९ आश्विन २०७४ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App