१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मोइनको आक्रामक शतक

ब्रिस्टोल- अलराउन्डर मोइन अलीको आक्रामक शतकप्रेरित इङ्ल्यान्डले आइतबार तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजमाथि १ सय २४ रनको फराकिलो जित हात पारेको छ ।
३ सय ७० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३९.१ ओभरमा २ सय ४५ रनमा अलआउट भयो ।
वेस्ट इन्डिजका ओपनर क्रिस गेलले सर्वाधिक ९४ रनको योगदान दिए । ७८ बल खेलेका गेलले ९ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै जेसन मोहम्मदले ३८ र कप्तान जेसन होल्डरले ३४ रन जोडे ।
वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने क्रमममा इङ्ल्यान्डका लियाम प्लुङकेटले ५२ रन खर्चंदै ५ र एडिल रासिदले ३४ रन खर्चंदै ३ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङका लागि उत्रिएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६९ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
७४–३ को स्थितिमा रहेको इङ्ल्यान्डको इनिङ अली र जो रुटले चौथो विकेटका लागि १ सय ३२ रनको महŒवपूर्ण साझेदारी गर्दै उकासेका थिए ।
५७ बल खेलेका अलीले ७ चौका र ८ छक्काको मद्दतमा १ सय २ रनको योगदान दिँदा ७९ बलको सामना गरेका रुटले ७ चौका र २ छक्काको मद्दतमा ८४ रनको योगदान दिए ।
त्यस्तै बेन स्टोक्सले ७३ र क्रिस वोक्सले ३४ रनको योगदान दिए । ६५ बल खेलेका स्टोक्सले ५ चोैका र ३ छक्का प्रहार गर्दा ३४ बलको समना गरेका वोक्सले १ चौका र १ छक्का प्रहार गरे ।
वेस्ट इन्डिजका मिग्वेल कुमिङसले ३, होल्डरले २ तथा जेरोमी टेलर, एस्ले नर्स र रोमन पावेलले समान १ विकेट लिए ।
चौथो एकदिवसीय खेल बुधबार ओभलमा हुनेछ ।

प्रकाशित: १० आश्विन २०७४ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App