१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जर्मनी र इङ्ल्यान्डको टिकट पक्का

पेरिस- साबिक विजेता जर्मनीले बिहिबार नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै अर्को वर्षका रसिया यात्रामा पक्का गर्दा इङ्ल्यान्डले पनि स्लोभेनियामाथि १–० को विजय हासिल गर्दै विश्वकपमा स्थान सुनिश्चित गर्यो ।

सेबास्टिन रुडी र सान्ड्रो वाग्नरले पहिलो हाफमा गरेको गोलमा जोसुवा किमिचले दोस्रो हाफमा अर्को गोल थपेपछि समूह ‘सी’ मा रहेको जोचिम लोउको टोलीले छनोट प्रतियोगिताको ९ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भयो । चार पटकको विश्वविजेता जर्मनीले अपराजित यात्रालाई कीर्तिमानी ४७ खेलसम्म लम्बाएको छ । जुन १९३४ को भन्दा बढी हो ।

‘रसिया यात्रा पक्का गर्नु खुसीको कुरा हो । हामी विश्वकप उपाधि रक्षा गर्न चाहन्छौं,’ पहिलो अन्तर्राष्ट्रिय गोल गरेका बायर्न म्युनिखका मिडफिल्डर रुडीले भने । जोस मागेनिजको गोलबाट खेलमा फर्कने प्रयास गरे पनि नर्दन आयरल्यान्ड सफल भएन । १९८६ पछि पहिलो पटक विश्वपकमा स्थान पक्का गर्न अब नर्दन आयरल्यान्डलाई प्लेअफ बाट गुज्रिनुपर्नेछ ।

यस जितपछि ९ खेलको समाप्तिमा २७ अंक जोडेको जर्मनी शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट १९ अंक जोडेको नर्दन आयरल्यान्डको प्लेअफ खेल्ने पक्का छ । छनोट चरणको एक खेल मात्र बाँकी रहँदा १४ अंक जोडेको चेक रिपब्लिकले नर्दन आयरल्यान्डलाई भेट्टाउने सम्भावना समाप्त भैसकेको छ ।

कप्तानको जिम्मेवारीमा रहेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले अन्तिम मिनेटमा गरेको गोल स्लोभेनियालाई हराउन पर्याप्त भयो ।

वेम्बली रंगशालामा केनले केली वाल्करको क्रसमा ९४औं मिनेटमा गोल गरेका हुन् । यससँगै इङल्यान्डले लगातार छैटौं पटक विश्वपकमा स्थान पक्का गर्न सफल भयो । इङ्ल्यान्डको विश्वकप टिकट पक्का गरिरहँदा स्लोभेनियाको सम्भावना भने समाप्त भएको छ ।

‘यो ठूलो राहत होइन किनभने हामी विश्वकपमा छनोट हुन सक्षम टोली हौं र हाम्रो छनोट आश्यर्चजनक छैन,’ इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले भने, ‘आज हामीले उत्कृष्ट टोली भएको प्रमाणित ग¥यांै । मलाई विश्वकपमा छनोट गराउने जिम्मेवारी दिइएको थियो । हामीले क्रमिक रूपमा सुधार गर्दै त्यो जिम्मवारी पूरा ग¥यांै । टोलीमा अझै सुधार आवश्यक छ किनभने हामीले अझै महŒवपूर्ण र कठिन यात्रा तय गर्न बाँकी छ ।’

समूह चरणको नौ खेलको समाप्तिसम्म इङ्ल्यान्ड अपराजित रहेको थियो । युरोपेली छनोटको प्रत्येक समूहमा शीर्ष स्थानमा रहने टोली स्वतः विश्वकपमा छनोट हुनेछ । दोस्रो स्थानको टोलीले भने प्लेअफमार्फत पुनः एक पटक भाग्य परीक्षणको मौका पाउनेछ ।

९ खेलको समाप्तिमा ७ जित र २ बराबरीपछि २३ अंक जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ । समान खेलमा १७ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा र १५ अंक जोडेको स्लोभाकिया तेस्रो स्थानमा छन् ।

शुक्रबारै सम्पन्न समूहको अर्को खेलमा स्कटल्यान्डले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको स्लोभाकियालाई १–० ले पराजित गर्दै प्लेअफमा छनोट हुने सम्भावना बलियो पारेको हो । खेल सकिन एक मिनेट बाँकी छँदा स्लोभाकियाका मार्टिन स्क्रिटले गरेको आत्मघाती गोल नै स्कटल्यान्डलाई महŒवपूर्ण तीन अंक दिलाउन पर्याप्त भयो । त्यस्तै माल्टा र लिथुवानियाले १–१ को बराबरी खेले ।

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोबस्कीको ह्याट्रिकप्रेरित पोल्यान्डले आर्मेनियालई ६–१ ले पराजित गर्दै विश्वकप छनोट सम्भावना थप बलियो पारेको छ । ९ खेलको समाप्तिमा २२ अंक जोडेको पोल्यान्ड समूह ‘इ’ को शीर्ष स्थानमा छ । समान खेलमा १९ अंक जोडेको डेनमार्क दोस्रो र १६ अंक जोडेको मोन्टेनेग्रो तेस्रो स्थानमा छन् । क्रिस्टियन इरिक्सनको निर्णायक गोलप्रेरित डेनमार्कले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुने गणितीय सम्भावना बाँकी राखेको हो । छनोट चरणको अन्तिम खेलमा मोन्टेनेग्रोलाई बराबरीमा रोके मात्र पनि पोल्यान्डको विश्वकप यात्रा पक्का हुनेछ । डेनमार्कको प्लेअफ खेल्ने सम्भावना बलियो छ ।

प्रकाशित: २१ आश्विन २०७४ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App