१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बासको साँघुबाट खसेर बालिकाको मृत्यु

खोटाङ – खोटाङमा खोलामा हालिएको बाँसको साँघुबाट खसेर बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित मावलीघरबाट घर जाँदै गरेकी रुपाकोट मझुवागढी–११ खार्मीकी ११ वर्षीय रेखा तामाङको बाँसको फड्केबाट खसेर मृत्यु भएको हो । 
मावली घरमा बस्दै आएकी बालिकाको भाईटिकामा फूलमाला लगाइदिने आमालाई लिनका लागि घर जानेक्रममा रावाखोलाको फड्के साँघुबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिबार दिउँसो लडेर फड्केबाट खसेर खोलामा बेपत्ता बनेकी बालिकाको शव सोही दिन साँझ करिब एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । बालिकाको शव शुक्रबार जिल्ला अस्पताल दिक्तेलमा ल्याएर पोष्टमार्टम गरिएको छ । 
 

प्रकाशित: ३ कार्तिक २०७४ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App