१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रभावकारी बन्दै बीमा कार्यक्रम

चितवन – सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ। 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१ हजार जनाले स्वास्थ्य बीमा गराएका छन्। 

जसमध्ये असार अगाडि बीमा गराएका ३६ हजार सदस्यले सेवा लिइरहेका छन् । पौडेलका अनुसार गतवर्षको भदौ १ गतेबाट असारसम्म बीमा गरेकाले सेवा लिन थालेका हुन्। हालसम्म पाँच हजार ३७१ जनाले विभिन्न अस्पतालमार्फत उपचार गराइ बीमा रकम दाबीगरी लिएको पौडेलले बताउनुभयो । बीमा गरेकाले उपचार सेवा र ९२८ प्रकारका औषधि पाउनेछन्। 

कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारले वार्षिक रु दुई हजार ५०० बीमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउनेछन्। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजार उपचार सेवा थपिनेछ। पाँच जनासम्मका लागि रु ५० हजार अनिवार्य गरिएको छ। 

यो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ। जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ। 

प्रकाशित: ६ कार्तिक २०७४ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App