राष्ट्रपति भण्डारी र युएई युवराजबीच वार्ता

मङ्गलबार, २८ कार्तिक २०७४, १९ : १७ नागरिक


अबुधाबी—राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भएको छ।

सो अवसरमा दुई मुलुक बीचका आपसी हितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए। नेपालको पूर्वधार, पर्यटन, कृषि, जलस्रोतको विकास र सोका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उनले बताए।

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट आफ्नो परिवारका साथै समाजलाई पनि फाइदा पुर्‍याएको उल्लेख गर्दै हिमालयका पानीको प्रयोग, पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको सचिव वैरागीले जानकारी दिए।

युवराज अल नेह्यानले नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गरेका थिए।

यसअघि राष्ट्रपति भण्डारी क्राउन प्रिन्स कोर्टमा पुग्दा उनलाई युवराज अल नेह्यानले स्वागत गरेका थिए।

छलफलमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित थिए।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न...

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...