१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अफगानिस्तानसँग नेपालको फितलो प्रदर्शन, १०४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानसामु १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको हो। नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

त्यस्तै ओपनर जितेन्द्र सिंह १ र मोहम्मद असिफ शेख शून्यमै पेभेलियन फर्किएका थिए। कप्तान दिपेन्द्र सिंह ऐरी पनि जम्न सकेनन्। २० बल सामना गरेका उनले ६ रनमत्र जोडे। अनिलबाहेक नेपालका कुनै खेलाडीले दोहोर अंक जोड्न सकेनन्।

अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिएका थिए।

प्रकाशित: १ मंसिर २०७४ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App