१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हामी संसदमा गएर निदाउँदैनौँ, जनताका काम गर्छौँ : मिलन पाण्डे

काठमाडौँ – सबैजसो राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा ठूलठूला योजनाहरू समेटेर चुनावी मैदानमा गए पनि विवेकशील साझा पार्टीले आफ्नो घोषणापत्रमा स–साना सुधारका योजनाहरु समेटेर चुनावी मैदानमा उत्रिएको विवेकशील साझाका तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको भनाई छ ।
 
निर्वाचित हुने सांसदले आफ्नो कार्यकालभरमा पुरा गर्न नसक्ने खालका योजना आफूहरूले अघि नसारेको विवेकशील साझा पार्टीबाट काठमाडौं–९ मा प्रतनिधि सभाका उम्मेदवार मिलन पाण्डेले बताए।

 प्रतिनिधिसभामा निर्वाचित हुने व्यक्ति विकास निर्माण भन्दा पनि नियम कानून निर्माणमा बढी तल्लिन हुनुपर्ने भएकाले आफूहरूले ठूला सपना नबाँडेको विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं. ९ का उम्मेदवार मिलन पाण्डेले बताए।

रेडियो नागरिकसँगको कुराकानीमा पाण्डेले आफ्नो पार्टीले विभिन्न पाँच कुरालाई प्राथमिकतामा राखेको जानकारी दिँदै स्वास्थ्य, शिक्षा, सुरक्षा, कला संस्कृति संरक्षण लगायतमा जोड दिइएको बताए ।

काठमाडौं क्षेत्र नं. ९ बाट विवेकशील साझा पार्टीको तर्फबाट उम्मेदवार रहेका मिलन पाण्डेले आफूहरुले संसदमा गएर ननिदाउने, यसअघिका राजनीतिक दलका नेताहरूले जस्तो निर्वाचन क्षेत्र फेरिफेरि लड्ने तथा काम नगर्ने जस्ता गतिविधि नगर्ने प्रतिवबद्धासमेत व्यक्त गरे।

प्रकाशित: १ मंसिर २०७४ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App