१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अफगानिस्तानसँग नेपाल स्तब्ध

काठमाडौं—एसिसी यु १९ एशिया कपमा शुक्रबार अफगानिस्तानले नेपाललाई पराजित गरेको छ। मलेसियाको किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको हो।

१ सय ४ रनको लक्ष्य पछ्‌याएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाउँदै १०८ रन बनायो।

१ सय ४ रनको लक्ष्य पछ्‌याएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाउँदै १०८ रन बनायो।

अफगानिस्तानका लागि सर्वाधिक रन रहमुन्ल्हा गुरवाजले ७१ रन बनाए। उनी सन्दिप लामिछानेको बलमा क्याच आउट भए। इब्राहिम ज्याद्रनलाई कमलसिंह ऐरीले ३ रनमा पवेलियन फर्काएका थिए। एक्रम अली खिल १८ रनमा आउट भए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८ ओभरमा अल आउट हुँदै १०३ रन बनाएको थियो। अफगानिस्तानका मुजिव उर रहमानले नेपाली ब्याटिङ लाइन धरासायी पारेका थिए। उनले ६ विकेट लिए। अनिलकुमार साहले ५७ बलमा ५० रन बनाए। उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। उनी बाहेक नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर जितेन्द्र सिंह र मोहम्मद आसिफ सेख क्रमशः एक र शून्य रनको स्थितिमा पेवेलिय फर्किए। कप्तान दीपेन्द्रसिंह ऐरीले ६ रन बनाउँदा बोल्ड भए। रोहितकुमार पौडेल ४ रन बनाउँदा एलबिडब्लु धरापमा परे।

नेपालको इनिङ सम्हालिरहेका अनिल २४ औं ओभरमा आउट भएका थिए। उनी आउट भएपछि टोलीमाथि दवाब बढेको थियो।

नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गर्दै नेपाल पहिलोचोटी यू–१९ एसियाकपको सेमिफाइनलमा प्रवेश पाएको थियो

 

प्रकाशित: १ मंसिर २०७४ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App