१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

'५:३० मा अस्पताल पुर्‍याउँदा मुटु बन्द भएको ४-५ घन्टा भइसकेको थियो। यसको कारण हृदयघात वा अन्यकारण पनि हुनसक्छ,' संलग्न डाक्टरले नागरिकन्युजसँग भने।

निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ। चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका अध्यक्ष दाहाल केहीबेरमै काठमाडौं पुग्नेछन्। उनी हेलिकोप्टरमार्फत् काठमाडौं आउँदैछन्।

यता चितवनबाट दाहालकी छोरी रेणु दाहाल पनि काठमाडौं आउँदैछन्। प्लेन आउन ढिला भएपछि उनी पनि होलिकोप्टरबाट काठमाडौं आउने तयारी गरेकी छन्।

प्रकाशित: ३ मंसिर २०७४ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App