१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सुटिङमा बलिउड अभिनेता

काठमाडौं- बलिउडका फिल्ममा भिलेन चरित्रमा निकै रुचाइएका अभिनेता गुल्सन ग्रोबर यतिबेला काठमाडौंमा नेपाली फिल्ममा अभिनय गर्न व्यस्त छन् । बलिउडमा भिलेनको छाप छोडेकी गुल्सन ट्री सिटीको व्यानरमा निर्माणाधिन फिल्म ‘द म्यान फ्रम काठमाडौं ’मा पनि भिलेनकै चरित्रमा छन् । यो व्यानरका प्रमुख क्यूएफएक्स प्रमुखसमेत रहेका नकिम उद्दिन हुन् ।
पेमा धेन्डुपले निर्देशन गरिरहेको फिल्ममा नीर शाह, आना शर्मा, शिशिर वाङ्देल र कर्माको अभिनय छ । हलिउड र बलिउडमा फिल्म निर्देशन र निर्माणको अनुभव बटुलिसकेका पेमाको यसअघिको फिल्म ‘वी आर नो मङ्क्स’ थियो । जसमा गुल्सनले पनि अभिनय गरेका थिए ।
नयाँ फिल्ममा उनी अबु मियाँ नामक खलनायकको भूमिकामा देखिँदैछन् । हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे म्यानुअएल फिल्मका मुख्य अभिनेता छन् । उनी फैसल मुस्तफाको भूमिकामा छन् । फिल्ममा पाकिस्तानी अभिनेता हमिद शेखको पनि  अभिनय छ ।
निर्माता उद्दिनका अनुसार फिल्मको ९० प्रतिशत छायांकन नेपाल र बाँकी हलिउडको लस एन्जल्समा हुनेछ । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म अंग्रेजी भाषामा बनिरहेको छ भने यसलाई नेपालीमा पनि स्वरांकन गरिने निर्माण पक्षले जनाएको छ ।
अमेरिकादेखि काठमाडौंसम्मको एक युवकको यात्राको कथालाई फिल्ममा देखाइनेछ । निर्माताको रुपमा नकिमले पेमासँग टिमअप गरेका हुन् । पेमाकै पटकथा रहेको फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, जोसे म्यानुएलको द्वन्द्व हुनेछ ।

प्रकाशित: ४ मंसिर २०७४ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App