१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विश्व बजारमा प्रतिस्पर्धा गर्न काठ प्रशोधन प्लान्ट

काठमाडौ-टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन)ले अन्तर्राष्ट्रिय बजारस“ग प्रतिस्पर्धा गर्न काठको सिजनिङ र प्रशोधन गर्ने ठूलो क्षमताको प्लान्ट जडान गर्न थालेको छ ।
सिजनिङ र प्रशोधन काठको उपचार गर्ने प्रविधि हो । यसले काठलाई टिकाउ र स्तरीय बनाउ“छ । किराले नखाने र नगल्ने बनाउ“छ । टिसिएनस“गै पछिल्ला दिनमा नेपाली काठ व्यवसायीले बजारमा सस्ता र स्तरीय काठका फर्निचरहरु आउन थालेपछि त्यसस“ग प्रतिस्पर्धा गर्न उक्त प्लान्ट जडान गर्न लागिएको हो ।
‘हामीले पुससम्ममा यो प्लान्ट जडान गरिसक्छौं, अहिले जडानको काम भइरहेको छ,’ टिसिएनका महाप्रबन्धक राजु लौडारीले नागरिकस“ग भने, ‘यो अहिलेसम्मको सबैभन्दा ठूलो प्लान्ट हुनेछ ।’
उनका अनुसार टिसिएनको चितवन, भरतपुरस्थित १८ कट्ठा जमिनमा प्लान्ट जडान गर्न थालिएको हो । जापानी सहयोग नियोग जाइकाको अनुदान सहयोगमा वन मन्त्रालयले प्लान्ट जडानका लागि साढे दुई करोड रुपैयाँ छुट्ट!ाएको छ ।
‘वार्षिक एक लाख २० हजार क्युबिक फिट काठ सिजनिङ र यसको दोब्बर मात्रामा प्रशोधन गर्न सक्ने प्लान्ट जडान गर्न लागेका हौं,’ लौडारीले भने । उनका अनुसार सिजनिङ गरेर काठलाई कडा र बलियो बनाइन्छ । काठभित्रको वाफ निकालेर यसलाई सुकाउने प्रविधिलाई सिजनिङ भनिन्छ । सिजनिङ गरेको काठलाई प्रशोधन गरेर उपचार गरिन्छ ।
‘सालमाथिको निर्भरता कम गर्न र स्तरीय उत्पादनका लागि प्लान्ट जडान गरिएको हो,’ लौडारीले भने । उनका अनुसार सिसौ, मसला, सल्ला, असनालगायत नरम काठलाई यी दुवै प्रक्रियामार्फत कडा र बलियो बनाइन्छ । यसरी उत्पादन गरिएका काठ सालकै हाराहारीमा निस्किन्छ ।
‘यस्ता काठहरु स्वदेशमै उत्पादन हुन थालेपछि विदेशी काठको आयात कम हुन्छ,’ लौडारीले भने । टिसिएनले भारतमा निर्मित प्लान्ट जडान गर्न थालेको हो । यो काम गत जेठबाट सुरु भएको हो । सुरुमा नरम प्रजातिका काठ चिरान गरेपछि मात्र त्यसलाई सिजनिङ र प्रशोधन गरिन्छ ।
उनका अनुसार सिजनिङ र प्रशोधनका लागि आवश्यक चिरान काठ बनाउन दुई लाख ४० हजार क्युबिक फिट गोलिया चिरान गर्नुपर्छ । ‘यो परिणामको काठ चिर्न कम्तीमा तीनवटा काठ मिल चाहिन्छ । यसका लागि थप बढीमा तीन करोड रुपैयाँको अनुमान गरेका छौ,’ लौडारीले भने, ‘मिल थप्न आवश्यक रकम पनि चाहिएको छ ।’
टिसिएनले मात्र होइन पछिल्ला दिनमा विदेशी फर्निचर र काठस“ग प्रतिस्पर्धा गर्न निजी काठ व्यवसायीले पनि सिजनिङ प्लान्ट राख्न थालेका छन् । पोखराका काठ व्यवसायी तथा नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका सल्लाहकार मन्जिलबाबु मास्केले यो व्यवसाय सुरु गरेको २३ वर्षपछि मात्र यो प्लान्ट राखे । ‘मैले आइतबार मात्र प्लान्ट जडान गरेर सकें,’ उनले भने, ‘मैले एकचोटिमा तीन सय क्युबिक फिट सिजनिङ गर्न मिल्ने प्लान्ट जडान गरेको छु ।’
मास्केले आफ्नो व्यवसायका लागि मात्र यो प्लान्ट जडान गरेको बताए । ‘आफै फर्निचर बनाउन काठ सिजनिङ प्लान्ट जडान गरेको हु“,’ उनले भने । मास्केका अनुसार धेरै कम संख्याका व्यवसायीले मात्र यो प्लान्ट राखेका छन्। तर उनले प्रशोधन प्लान्ट भने जडान गरेका छैनन् ।
‘सालको काठ मह“गो हुन थाल्यो । त्यसैले नरम काठलाई सिजनिङ गरेर फर्निचर बनाउ“दा आफूलाई पनि फाइदा हुने र उपभोक्ताले पनि स्तरीय फर्निचर पाउने भएकाले यो प्लान्ट जडान गरेको हु“,’ उनले भने । मास्केका अनुसार सिजनिङ र प्रशोधन गरेको काठ बांगिदैन । किराले खाँदैन । र, धेरै टिक्छ ।
सरकारले विदेशी काठ आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ । स्वदेशी उत्पादन बढाएर सबै किसिमका काठको प्रयोग बढाउने नीति लिएको छ ।
नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका निर्वतमान अध्यक्ष कपिल अधिकारीका अनुसार सालको काठ मह“गिनु, सिसौको काम पर्याप्त मात्रामा नपाइनु र विदेशबाट सस्तोमा फर्निचर आउन थालेपछि व्यवसायीको ध्यान सिजनिङ प्लान्टमा पुगेको छ ।

प्रकाशित: ६ मंसिर २०७४ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App