१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कथाकार बने टम हाङ्क्स

न्यु योर्क- हलिउडका प्रसिद्ध अभिनेता टम हाङ्क्स साहित्यकारका रूपमा उदाएका छन् । उनको कथा संग्रह ‘अनकमन टाइप’ हालसालै बजारमा सार्वजनिक भएको छ । सोही सन्दर्भमा न्युयोर्क टाइम्सलाई हालैमा दिएको अन्तर्वार्तामा टमले आपूmलाई एलन फुस्र्टु, फिलिप केर, एभोर टाओस्ल, जोन स्याल्सीका उपन्यासहरू मनपर्ने बताएका छन् । उनले आफूले उपन्यास पढ्दा प्रमाणिकतालाई ध्यान दिने बताएका छन् । ‘म विश्वलाई ठीक ढंगले हेर्न र तथ्य विवरणका आधारमा इतिहासको परीक्षण गर्न चाहन्छु,’ टमले बताएका छन् ।
टमले आफूलाई जे. डि. स्गालिन्जर, जोन चिभर, कोर्ट भोनेगर्टका कथाहरू मनपर्ने बताउँदै भनेका छन्, ‘पद्य कविताझैं लाग्ने चाल्र्स बुकोविस्कीका कथाहरू पनि मलाई मनपर्छन् । उनका कथा जीवनका चित्र सरह लाग्छन् । उनका कथाहरू साँच्चै गज्जबका हुन्छन् ।’
अन्तर्वार्तामा टमले मार्क बाउडेनको ‘ह्यु १९६८’ पढ्दा विरहले आँखा रसाएको स्मरण गरेका छन् भने जेम्स ब्लाडबिनको ‘द फायर नेक्ट टाइम’मा चित्रित रंगभेदी व्यवहारले आफूभित्र आक्रोश उम्लेको बताएका छन् । त्यो बेलादेखि अमेरिकामा रंगभेदी व्यवहार उस्तै रहेकोमा उनले दिक्कदारी पनि व्यक्त गरेका छन् ।
डिजिटल पुस्तकको प्रयोग बढिरहेको समयमा टमले चाहिँ आफूलाई कागजी पुस्तक नै मनपर्ने र दिनको कुनै पनि समयमा पढ्न रुचाउने बताएका छन् । उनले आफूले एक समयमा एउटा मात्रै पुस्तक पढ्न सक्ने बताउँदै ‘क्राइम फिक्सन’ आफूलाई विधा भएको बताएका छन् ।
‘म एकपटकमा छदेखि आठ पुस्तकको तीन खात लगाउँछु र तीनलाई पढिभ्याउँछु । जब कसैले पढ्नै नसकुँला भन्ठानेको पुस्तक वल्लतल्ल पढिसकेँ भन्छन् तब मलाई सो पुस्तक पढ्ने चुनौती आइलागेको महसुस हुन्छ । सबैले पढिसकेँ भनेर गफ लगाउने ‘मबि–डिक’ मैले त्यही चुनौतीले गर्दा नै पढ्न सकेको हुँ,’ टमले भनेका छन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पुस्तक पढ्न सिफरिस गर्नुहुन्छ भन्ने प्रश्नमा टमले विलियम म्यानच्यास्टरको ‘द ग्लोरी अफ ड्रिम’ पुस्तकको नाम लिएका छन् ।
टम आफूले भने कीन स्ट्यान्ले राविन्सको ‘ब्लु मार्स’ र ‘ग्रीन मार्स’, जे विनिकको ‘अप्रिल १८६५’, जेम्स ब्लाडविनको ‘नोट्स अफ अ नेटिभ सन’ पढिरहेको बताउँदै हालैमा पढिभ्याएको योभल नोहा हरारीको ‘स्यापियन्स’ साहै्र राम्रो लागेको र आगामी दिनमा हरारीकै अर्को पुस्तक ‘होमो डियुस’ पढ्ने सोचमा रहेका बताएका छन् ।
‘फिलाडेल्फिया’ र ‘फरेस्ट गम्प’ चलचित्रका लागि लगातार दुई वर्ष उत्कृष्ट अभिनेताको ओस्कर अवार्ड पाएका टम हाङ्क्सका ‘कास्ट अबे’, ‘स्लिपलेस इन सियाटल’, ‘द ग्रीन माइल’, ‘क्यापटेन फिलिप’ लगायतका चलचित्र चर्चित छन् ।

प्रकाशित: १० मंसिर २०७४ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App