१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रणवीरसँग घरजमको हतारो

मुम्बई- बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह प्रेमसम्बन्धमा रहेको हल्ला हल्लामा मात्र सीमित नभएको लामो समय भइसक्यो । कहिले ‘डिनर डेट’ त कहिले कुनामा बसेर गरेको चुम्माचाटीको भिडियोले पहिले नै साबित गरिसकेका छन्, दुवै गहिरो प्रेममा छन् । तर, कहिलेकाँही उनीहरूबीचको सम्बन्धमा खटपट भएकोे समाचार पनि बाहिर नआएको होइन । बाहिर जति देखिए पनि दीपिका र रणवीर आफैंले भने सार्वजनिक रुपमा आफ्नो सम्बन्ध स्वीकारेका थिएनन् । तर, यो पटक दीपिकाले आफूलाई रोक्न सकिनन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि  रणवीरसँगको सम्बन्धमा चुप बस्दै आएकी दीपिकाले यसपटक भने आफ्नो मौनतालाई तोडेकी छिन्् । ‘जब हामी एकआपसमा सँगै हुन्छौं । त्यो बेला हामीलाई अरु कसैको पनि आवश्यकता पर्दैन । हामी आफूमा नै खुशी रहन्छौं,’उनले भनेकी छन्,‘नढाँटी भन्नुपर्दा म केही काम पनि कुनै समयमा बाँधिएर गर्दिन् । मलाई लाग्छ कि सम्बन्ध कसरी चल्छ भन्ने पनि एउटा तरिका हुन्छ । मेरो रणवीरसँगको सम्बन्ध पनि मेरै तरिकाले चल्छ । म पनि गृहिणी बन्नका लागि लामो समय पर्खन सक्दिन । किनकी मैले सानैदेखि परिवार बनाउने सपना देखेको छु ।’
दीपिकाले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘पद्मावती’ यतिबेला बलिउडको विवादित फिल्म बनेको छ । फिल्म रिलिज हुनु अघि फिल्मले इतिहासलाई बंग्याएको आरोप लगाउँदै फिल्मको विरोध गर्नेको जमात भारतमा ठूलै छ । तर, पनि दीपिकाले फिल्मको साथ छोडेकी छैनन् ।
‘अन्य मानिसजस्तै हामी पनि यही देशका हौं र यही माटोमा सम्बन्ध राख्छौं । यस्तो अवस्थामा बाँकी सबै विषयका लागि हामीलाई किन जिम्मेवार ठानिन्छ ? यो कुरा रोक्न आवश्यक भइसकेको छ,’उनले भनेकी छन् ।
आगामी वर्ष रिलिज हुने फिल्म ‘पद्मावती’मा दीपिकासँगै रणवीर सिंह र साहिद कपुर प्रमुख भूमिकामा देखिदैछन् । फिल्मलाई  सञ्जय लिला भन्सालीले निर्देशन गरेका हुन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App