१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जाजरकोटमा २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका प्रत्यक्ष तर्फका मतपेटिकाहरु। तस्बिर: जनक केसी

 

जाजरकोट- आइतबार मतदान  सकिएको  जाजरकोटमा  अहिले सम्म  २५ वटा मतदान केन्द्रका  मतपेटिकाहरु  सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र  सडक पहुँच नभएका कारण  अन्य  मतदान केन्द्रका मतपेटिकाहरु   आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत  देवकुमार गिरीले बताए।

उनले  सवै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु  सदरमुकाम हिँडालिसकिएको र   धेरै  टाढाको दुरीमा मतदान केन्द्रहरु भएकोले  एक ठाउँमा संकलन गरेर  ल्याउन लाग्दा ढिलो भएको बताए। जिल्लाका एक सय १६ मतदान केन्द्रहरु रहेका छन्।  सदरमुकामा  ल्याइएका  मतपेटिकाहरु  मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत र  भेरी नगरपालिका ३ ठाँटीवजार स्थित वृद्धाश्रमको हलमा  राखिने  बताइएको  छ। 

अहिले सम्म भेरी नगरपालिकाका मतपेटिकाहरु मात्र सदरमुकाममा आइपुगेका छन् भने अरु बाटोमै रहेको बताइएको छ। कार्यालयका अनुसार  प्रत्यक्ष तर्फका सवै मतपेटिकाहरु  जिल्ला अदालत र  समानुपातिक तर्फका  मतपेटिकाहरु  वृद्धाश्रमको हलमा राखिएको छ।  दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मतगणना हुने भएकाले  मतपेटिकाहरु मंसिर २१ गते सम्म सेना र शसस्त्र प्रहरीको सुरक्षा घेरामा  राखिने  छ।

 

प्रकाशित: ११ मंसिर २०७४ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App