१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी पौडेल ‘सेजन अवार्ड’बाट पुरस्कृत

काठमाडौं— नागरिककर्मी दिलीप पौडेल नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रदान गर्ने ‘सेजन अवार्ड–२०७४’बाट पुरस्कृत भएका छन्। पौडेलले उत्कृष्ट समाचार सम्प्रेषण गर्दै आर्थिक पत्रकाररितालाई नयाँ उचाईमा पुर्‍याउन योगदान पुर्‍याएको भन्दै पुरस्कृत भएका हुन्।

पौडेललाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले सेजनको २० औं स्थापना दिवसको अवसरमा शुक्रबार नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरेका थिए।

पौडेललाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले सेजनको २० औं स्थापना दिवसको अवसरमा शुक्रबार नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरेका थिए।

छापा माध्यमबाट पौडेलसहित कान्तिपुर दैनिकका कृष्ण आचार्य, विद्युतीय सञ्चार माध्यममा राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सिताराम विलाीसले सेजन अवार्ड पाएका हुन्। चार जनालाई जनही २५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिको थियो। यस बर्ष सेजन अवार्ड जुरीले क्यापिटल म्यागेजिनका विनय बञ्जरालाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ।

हरेक वर्ष छापा तथा विद्युतीय सञ्चार माध्यममा प्रकाशित उत्कृष्ट समाचारलाई सर्वोत्कृष्ट घोषित गर्दै सेजनको जुरी टिमले छनोट गरेको आधारमा अवार्ड वितरण गर्दै आएको सेजनका अध्यक्ष पुष्पराज आचार्यले बताए।

 

प्रकाशित: १५ मंसिर २०७४ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App