१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डलर साट्दा २० लाख ठगिएपछि...

अनिल भण्डारी

सिन्धुली- होस् गर्नुस् है जो कोहिसँग डलर साट्दा ठगिएला। सिन्धुलीमा मुस्ताङका एक सामान्य व्यवसायीको डलर साट्न खोज्दा २० लाख ठगीएको छ। मुस्ताङ जिल्ला लेते ६ का ३२ बर्षिय कृष्णमोहन नेपालीको २० लाख रुपैँया एक अपरिचित समूहले ठगेका हुन्।

गत बर्षको बिनाशकारी भूकम्पमा आफुहरुले ३० हजार अमेरिकी डलर भेट्टाएको र साट्ने तरिका नजानेको भन्दै नेपालीसँग सम्पर्कमा आएपछि नेपाली र ति समूहको बिचको सहमतीमा सिन्धुलीमा आएर डलर साट्ने निधो भएपछि सोही अनुसार मुस्ताङबाट नेपाली सिन्धुली आएका थिए।

कास्की जिल्ला घर बताउने त्यो समूहले डलर साट्दा आफुहरुले भेट्टाएको भएर अप्ठ्यारो पर्न सक्ने भन्दै एकान्तमा जानुपर्ने बताएपछि नेपाली डलर लिन २० लाख ब्यागमा बोकी अपरिचित समूहले बोलाएको स्थान यहाँको सरकारी वकिल कार्यालय पछाडीको सडकमा पुगे। उनी त्यहाँ पुग्दा समूहका २ जना त्यहाँ एउटा पोको बोकेर बसेका थिए, डलर साट्नुअघि उनिहरुले एउटा सर्त राखे । सर्त अनुसार एक आपसमा पैसाको ब्याग साटासाट गर्ने र नखोल्ने सर्त अनुसार ब्याग साटेर उनिहरु त्यहाँबाट छुटे। नेपाली आफु बस्ने होटलमा आएर ३० हजारको डलर खोल्दा डलरको बन्डलमा केबल कागजका पैसा आकारका टुक्रा मात्र देखेपछि उनि छागाँबाट खसेझै भए। अत्तालिदै प्रहरीलाई खबर गरेपछि उनि ठगिएको थाहा भयो।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार कास्की जिल्ला घर भएकी निर्जला परियार नेपालीका दिदी पर्नेसँग ति ठग समूहको सामान्य चिनजान थियो। निर्जलासँग ठग समूहले आफुहरुसँग डलर भएको र साट्ने मेलो थाहा नभएको बताएपछि उनले नेपालीलाई जानकारी गराएकी थिइन् र सोही अनुसार नेपालीले डलर साट्न तयार हुँदा ठगिएको हो । ठग समूहको तिब्र खोजि कार्य भइरहेको प्रहरीले जनापनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।  सामान्य चिनजानमा ठूलो विश्वास गरे, नेपालीले भने, मेरो ठूलो दशा रहेछ। ठगी समूहमध्ये एक जनालाई सामान्य चिनजान रहेपछि समूहले नेपालीको मोवाइल समेत एकै छिनको लागि भन्दै लगेर फरार रहेको उनको गुनासो छ।

प्रकाशित: २१ श्रावण २०७३ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App