१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

स्टार स्क्रिनमा राजकुमार राज

मुम्बई- फिल्म अवार्डमा एउटै कलाकारले दुई फिल्मबाट फरक फरक विधामा अवार्ड पाउनु दुलर्भ अवसर नै हो । पछिल्लोपटक फिल्म ‘न्यूटन’मा अभिनय गरेर चर्चा कमाएका अभिनेता राजकुमार राव यो मामलामा भाग्यमानी बनेका छन् । आइतबार राति मुम्बईमा भएको ‘स्टार स्क्रिन अवार्ड’मा उनले फिल्म ‘न्यूटन’बाट ‘बेस्ट एक्टर क्रिटिक्स’ र ‘बरेलीकी बर्फी’बाट ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड पाए । अवार्डमा फिल्म ‘न्यूटन’ले ‘बेष्ट फिल्म’को अवार्ड पनि सुरक्षित गरेको थियो । यो साल राजकुमार राव अभिनित सात फिल्म रिलिज भएका थिए । सात मध्ये पाँच फिल्मले मुनाफा आर्जन गरेका थिए । आउँदो साल उनका आठ फिल्मले प्रदर्शन मिति तय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अवार्डमा आमिर खानको फिल्म ‘दंगल’ले सर्वाधिक ६ विधामा अवार्ड जित्यो । फिल्मका लागि निर्देशक नितेश तिवारीले ‘बेस्ट डायरेक्टर’, अपारशक्ति खुरानाले ‘बेस्ट डेब्यु एक्टर’, संगीतकार प्रीतमले ‘बेस्ट म्युजिक’, सम्पादक बल्लु सलुजाले ‘बेस्ट एडिटिङ’, गीतकार अमिताभ भट्टाचार्यले ‘बेस्ट लिरिक्स’ र प्रीतमले नै ‘बेस्ट बैकग्राउन्ड स्कोर’को अवार्ड पोल्टामा पारे ।
कार्यक्रममा फिल्म ‘तुम्हारी सुलु’का लागि विद्या वालन ‘बेस्ट एक्ट्रेस’, नेहा धुपिया ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र सुरेश त्रिवेणी ‘बेस्ट डेब्यु डायरेक्टर’ बने । अभिनेता इरफान खानले फिल्म ‘हिन्दी मिडियम’का लागि ‘बेस्ट एक्टर’को अवार्ड जित्दा कोकना सेन शर्मा ‘लिपस्टिक अन्डर माइ बुर्का’का लागि ‘बेस्ट एक्ट्रेस क्रिटिक्स’, ‘बरेलीकी बर्फी’का लागि नितेश तिवारी, श्रेयस जैन र रजत नोनिया ‘बेस्ट डायलग’, ‘जग्गा जासुस’का लागि श्यामक दावर ‘बेस्ट कोरियोग्राफी’, ‘शुभ मंगल सावधान’का लागि शाशा तिरुपति ‘बेस्ट फिमेल प्लेबैक सिंगर’, ‘रइस’ र ‘जग्गा जासूस’ का लागि अर्जित सिंह ‘बेस्ट मेल प्लेबेक सिंगर’ र ‘रंगुन’का लागि सजिथ कोयरी ‘बेस्ट साउन्ड डिजाइन’ बने ।
अवार्डमा अभिनेता सलमान खान आफ्नो ‘ट्युबलाइट’का सह कलाकार माटिन रेसँग पुगे पनि उनीहरूले कुनै अवार्ड पाएनन् । फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ र ‘जोली एलएलबी २’का लागि तारिफ बटुलेका अक्षय कुमार पनि अवार्डविहीन बने ।

प्रकाशित: १९ मंसिर २०७४ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App