१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी

अर्घाखाँची- एउटा मात्र प्रतिनिधि सभा रहेको अर्घाखाँचीमा वाम गठवन्धनका उम्मेदवार टोपबहादुर रायमाझीले विजयी हासिल गरेका छन्। माओवादी केन्द्रका प्रभावशाली नेता रायमाझीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी बने।

रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गरे भने विसीले ३१ हजार ९ सय ४१ मत ल्याए। विसी गत ०७० को संविधान सभा निर्वाचनमा पनि रायमाझीसँग एक हजार मतअन्तरले पराजित बनेका थिए। रायमाझी ०६४ र ०७० को संविधान सभामा अर्घाखाँची क्षेत्र नं. १ बा विजयी बनेका थिए । रायमाझी उपप्रधामन्त्री तथा उर्जामन्त्री, स्थानीय विकासमन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री र शान्तिमन्त्री बनिसकेका छन्।

प्रकाशित: २५ मंसिर २०७४ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App