१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बास्कोटा चितवन टाइगर्सको कप्तान

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टोली चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तानमा नियुक्त गरेको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममाझ चितवन टाइगर्सले पृथुलाई कप्तानको रूपमा नियुक्त गरेको घोषणा गरेको हो ।
साथै चितवन टाइगर्सले कलाम अली र दीपेन्द्र चौधरीलाई  प्रशिक्षकको  रूपमा नियुक्त गरेको छ । टोलीको म्यानेजरको जिम्मेवारी सुवास खकुरेललाई दिइएको छ । हातको चोटका कारण खकुरेलले प्रतियोगिता नखेल्ने बताएपछि क्लबले उनको स्थानमा अनिल मण्डललाई भिœयाएको थियो । टाइगर्सले यसअघि नै दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरिसकेको छ । टोलीमा पृथु र दीपेन्द्रबाहेक दिलीप नाथ र ललितसिंह भण्डारीसँग राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव छ ।
 पृथुले आफ्नो टोली युवा खेलाडीले भरिएको भए पनि राम्रो प्रदर्शन गर्ने बताए ।
‘टोलीमा युवा खेलाडीको बाहुल्य छ । राष्ट्रिय टोलीबाट खेलेको अनुभव भएका खेलाडी र युवा खेलाडीबीचको सन्तुलनले हामी राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ पृथुले भने ।
डिसेम्बर १८ बाट कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने इपिएलमा चितवन टाइगर्ससहित ६ टोलीको सहभागिता छ । 

प्रकाशित: २५ मंसिर २०७४ १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App