१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मादलको जितमा धिमेको गुञ्जन

‘यो जित कसको ? मादलको ! मादल कसको ? जनताको !’
एकातिर मादलको नारा लाग्दै गर्दा अर्कोतर्फ भने धिमे बाजा घन्कँदै थियो । भक्तपुर प्रतिनिधिसभा क्षेत्र– १ र प्रदेशसभा क्षेत्र– १ (ख) मा नेपाल मजदुर किसान पार्टीले चुनाव जितेपछिको दृश्य हो यो ।

अरुबेला जात्रामा रमाउने भक्तपुरको नेवार समुदाय यतिबेला भने विजय उत्सवमा रमाइरहेको देखिन्थ्यो । चोक–चोकमा परम्परागत पोसाकमा सजिएका महिलाको झुन्ड थियो । बाँसुरीको धुनमा वृद्धवृद्धा नाच्दै थिए । हरेक स्वागतद्वारमा सगुन लिएर युवती बसेका थिए ।


प्रतिनिधिसभामा भक्तपुर क्षेत्र– १ बाट प्रेम सुवाल र प्रदेशसभा क्षेत्र– १ (ख) बाट सुरेन्द्रराज गोसाई विजयी भएपछि गत मंगलबार विजय जुलुस निस्कियो । मादल चिह्न लिएर चुनाव लडेका दुवै उम्मेदवारको जितमा नारा मादलको लागेपछि धिमे घन्किएको हो ।
मादल चिह्न लिएर चुनाव लडेको पार्टीको जित भए पनि विजय जुलुसमा सहभागी युवायुवतीले भने गलामा बडेमानका धिमे भिरेका थिए । उनीहरू ‘यो जित कसको, मादलको’ भन्ने नारा लगाउँदै धिमे बाजा बजाइरहेका थिए ।
विजय जुलुसमा हाकुपटासी लगाएका वृद्धवृद्धा समेत कम्मर मर्काउँदै सहभागी भए । भक्तपुर दरबार क्षेत्रका चोक र पेटीमा भेला भएका सर्वसाधारण भने नाचगान गर्दै नगर परिक्रमा गरिरहेको भीडलाई चाख मानेर हेरिरहेका थिए ।
जुलुसमा सहभागी कतिपयलाई त देशका अन्य क्षेत्रमा कसले जिते वा कसले हारे भन्ने जानकारी समेत थिएन । तर, उनीहरू आफ्नो क्षेत्रको विजय यात्रामा भने रमाइरहेका देखिन्थे । ‘अन्त कसले कति जिते थाहा छैन,’ स्थानीय रामदेवी गयजुले भनिन्, ‘यहाँ जुलुस हेर्दा भने निकै खुसी लागेको छ ।’ जुलुसमा सहभागी धेरै रमाइरहेका देखिन्थे । भक्तपुरको विजय जुलुको दृश्य हेर्दा लाग्थ्यो, यो कुनै जात्रा हो ।
अरुबेला जात्रामा रमाउने भक्तपुरको नेवार समुदाय यतिबेला भने विजय उत्सवमा रमाइरहेको देखिन्थ्यो । चोक–चोकमा परम्परागत पोसाकमा सजिएका महिलाको झुन्ड थियो । बाँसुरीको धुनमा वृद्धवृद्धा नाच्दै थिए । हरेक स्वागतद्वारमा सगुन लिएर युवती बसेका थिए ।
‘यो जुलुस पनि जात्राजस्तै लागेको छ,’ लिवालीकी ५३ वर्षीया कृष्णदेवी दुवालले भनिन्, ‘बाजागाजा र नाचगान हेर्न पाउँदा रमाइलो लागेको छ ।’

प्रकाशित: २९ मंसिर २०७४ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App