२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सुनीरा र अभिलाषाबीच उपाधि भिडन्त

सुनीरा थापा र अभिलाषा विष्ट दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा बिहीबार सुनीराले समृद्धि महर्जन र अभिलाषाले आध्या पौडेललाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। अभिलाषाले आध्यालाई ६–१ र ६–२ तथा सुनीराले समृद्धिलाई ६–० र ६–० को सोझो सेटमा हराए। काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गरे। प्रदीपले प्रणव खनाललाई ६–३ र ६–२ तथा प्रणवले ऋतिक राणालाई ७–५ र ७–६ को सेटमा हराए।

मिक्स डबल्समा प्रदीप खड्का र महिका राणाको जोडीले आइशा डोल्कर गुरुङ र आर्यन गिरीको जोडीलाई ६–२ र ७–५ तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडीले भगवती विक र सुमन लामाको जोडीलाई ६–० र ६–१ ले हराउँदै फाइनलमा स्थान बनाए। भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सीमान्त गुरुङलाई ६–० र ६–१ तथा सन्तोष खत्रीले अनिल साईलाई ६–२ र ६–३ को सोझो सेटमा पन्छाउँदै फाइनलमा स्थान बनाए। ५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल शाहको जोडी तथा कमल थापा र छ्याम्बा धुन्डुपको जोडी फाइनलमा पुगेका छन्।

विमलकुमार र हिमालको जोडीले जीवन घिमिरे र शिवप्रसाद सेढाईंको जोडीलाई २–६, ६–३ र ११–९ तथा कमल र छ्याम्बाको जोडीले चन्द्र शाही र सोमबहादुर लालचनको जोडीलाई ६–२ र ६–३ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे। 

प्रकाशित: १४ वैशाख २०८१ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App