१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

रुटद्वारा कुक र ब्रोडको बचाउ

पर्थ–ओपनर एलेस्टर कुक र तीव्र गतिका बलर स्टुटवार्ट ब्रोड टोलीका अनुभवी खेलाडी भए पनि उनीहरूले स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै तीब्रआलोचना भइरहँदा इङ्ल्यान्ड कप्तान जो रुट उनीहरूको बचाउमा देखिएका छन् ।
सोमबार तेस्रो टेस्टमा अस्ट्रेलियालाई एक इनिङ र ४१ रनको भारी नतिजा सुम्पिएसँगै पाँच टेस्टको एसेस शृंखलामा ३–० ले गुमाएपछि उनीहरूको विरोध भएको थियो । तर रुटले एसेस शृंखलाका तीन टेस्टमा गरेको प्रदर्शनका आधारमा कुनै पनि खेलाडीको क्षमताको मूल्याङ्कन गर्न नहुने भन्दै कुक र ब्रोडको बचाउ गरेका हुन् ।
इङ्ल्यान्डका पूर्वखेलाडी इयान बेलले माथिल्लो क्रमका ब्याट्सम्यान नचल्नु टोलीको हारको प्रमुख कारण भएको भन्दै ब्याटिङको नेतृत्व सम्हालेका कुकले संन्यास लिने समयको आएको प्रतिक्रिया दिएका थिए । कुकले जारी शृंखलामा १३.८३ को औसतमा मात्र ८३ रन मात्र जोडेका छन् । पर्थ टेस्टको पहिलो इनिङमा ७ रन जोडेका कुकले दोस्रो इनिङमा पनि मात्र १४ रन बनाएका थिए ।
त्यस्तै पूर्वकप्तान केभिन पिटरसनले पनि ब्रोडले पर्थ मैदानमा टेस्ट करियरकै खराब बलिङ प्रदर्शन गरेको भन्दै उनले संन्यास लिनुपर्ने बताएका थिए । ब्रोड तेस्रो टेस्टको पहिलो इनिङमा ३५ ओभरमा १ सय ४२ रन खर्चे पनि विकेटविहीन बनेका थिए । 
‘उनीहरू अझै केही वर्ष टोलीमै रहन्छन्,’ कुक, जेम्स एन्डरसन र ब्रोड अझै कति समय टोली रहन्छन् भन्ने प्रश्नमा ब्रोडले भने, ‘उनीहरूसँग धेरै अनुभव छ । एउटा शृंखलामा गरेको प्रदर्शनलाई मूल्याङ्कन गर्दै खेलाडीको करियर समाप्त भयो भन्न मिल्दैन । उनीहरूको अनुभव र क्षमतालाई उनीहरूले विगत लामो समयदेखि गर्दै आएको उत्कृष्ट प्रदर्शनले पनि प्रमाणित गर्छ ।’
‘सबै खेलाडी सबै खेलमा चम्कन्छन् भन्ने छैन,’ थप गर्दै रुटले भने, ‘उनीहरू क्षमतावान् र अनुभवी खेलाडी भएकाले उनीहरू छिट्टै लयमा फर्कनेमा म विश्वस्त छु । केवल तीन खेले उनीहरूको भविष्यमा बारेमा निर्णय लिनु हतास मात्र हुनेछ ।’
रुटले अलराउन्डर बेन स्टोक्स निलम्बनमा पर्नु नै इङ्ल्यान्डले एसेस शृंखला गुमाउने मुख्य कारण भएको भन्दै केही सञ्चारमाध्यममा आएका खबरको समेत खण्डन गरे ।
‘हामी स्टोक्सको अनुपस्थितिका कारण शृंखला गुमायौ भन्दै पन्छने पक्षमा छैनौ ,’ रुटले भने, ‘शृंखलाको सुरुआतबाटै उनी अस्ट्रेलिया भ्रमणमा जाँदैनन् भन्ने स्पष्ट थियो । टोलीमा क्षमतावान् खेलाडी छन् । त्यसैले बाँकी दुई टेस्ट जित्दै साख जोगानेमा म विश्वस्त छु ।’

 

प्रकाशित: ५ पुस २०७४ ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App