१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोग पुगेर वाम नेताले सोधे- 'प्रतिनिधिसभातर्फको मतपरिणाम कहिले सार्वजनिक गर्ने'

काठमाडौं- बाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ। सोमबार निर्वाचन आयोगका आयुक्तहरुलाई एमाले उपाध्यक्ष भीम रावल. नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले भेटेर मतपरिणाम सार्वजनिक गर्न माग गरेका हुन्।

भेटपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रावलले जनताले दिएको म्यान्डेटलाई आयोगले बेवास्ता गरेको आरोप लगाए। ‘सरकारले राष्ट्रिय सभा गठनलगायतमा बखेडा झिकेर लोकतन्त्रमा जनताले दिएको म्यान्डेटलाई बेवास्ता गर्न खोजिरहेको छ। लामो समयसम्म जनादेशलाई लत्याउन खोजे आउनसक्ने परिणामको भागिदार पनि सरकार स्वयं हुनुपर्छ,’ रावलले भने।

उनले राष्ट्रिय सभा गठनको निर्वाचन मिति पनि नतोक्ने, प्रदेश प्रमुखहरु पनि नतोक्ने तर बखेडा झिकिरहेन आरोप लगाए। उनले प्रकृयागत कुराहरुमा आफूहरु सहयोग गर्न हरदम तयार रहेको बताउँदै सरकार गठन प्रकृयामा विलम्ब नगर्न आग्रह गरे।

आयोगले भने राष्ट्रिय सभा गठनपछि मात्र मतपरिणाम सार्वजनिक गर्ने बताउँदै आएको छ। प्रदेशसभातर्फको समानुपातिक मतपरिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।

भिडियो : केशव थोकर

प्रकाशित: १७ पुस २०७४ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App