१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विवाहको महिनामा ब्युटिसियनको भूमिका

शर्मिला कोइराला,प्रोफेसनल मेकअप आर्टिस्ट
प्रत्येक नारीलाई विवाहको बेला आफू सुन्दर, आकर्षक देखिने चाहना हुन्छ । श्रृंगार यस्तो कला हो जसले व्यक्तिको व्यक्तित्वमाथि निखार ल्याउँछ । नारी आफैंमा एउटा सुन्दर व्यक्तित्व हो । उसले आफूलाई अरूमाझ प्रस्तुत गर्ने प्रस्तुतिकीकरणले उसको सुन्दरतामा थप निखार ल्याउँछ । त्यो प्रस्तुतिलाई झल्काउने काममा ब्युटिसियनको महत्वपूर्ण भूमिका रहन्छ ।

धेरै संख्यामा वैशाख, असार, मंसिर, माघ, फागुनलाई विवाह गर्ने महिना भनिन्छ । तर हिजो आज चाहिँ यी बाहेकका महिनामा पनि फाट्टफुट्ट कहीँ कतै विवाह भएको देखिन्छ । नारीलाई सुन्दर हुन सोह्र श्रृंगारको आवश्यकता पर्छ । निधारमा टीका, हातमा चुरालगायतका गरगहनाले भरिपूर्ण हुने त छँदैछ त्यसका साथै हात र खुट्टामा बनाइएका आकर्षक मेहन्दीका कलात्मक डिजाइनहरूले सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ । हातमा लगाइने मेहन्दीलाई सौभाग्यको प्रतीकको रूपमा समेत लिइने हुँदा आज आएर यसको महत्व दिनानुदिन बढ्दो क्रममा छ ।

हरेक नारीका चाहना आफ्नो विवाहका लागि उपयुक्त उमेर पुगेपछि दुलहीको भेषमा सजिने रहर र सपना हुने गर्दछ, यस्ता अवसरलाई भिडियो, फोटो मन मस्तिष्कमा सजाउने चाहना हुन्छ । त्यसैले नारीहरू एउटा दक्ष ब्युटिसियनमार्फत आफू श्रृंगारिन चाहन्छन् । कुनै पनि कस्मेटिक ब्युटि प्रोडक्ट आफैंमा नराम्रो कहिल्यै हुँदैन । तर त्यसको उपयोगिता, त्यस प्रोडक्टलाई आफूले कसरी प्रयोग गरिन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

जब एउटी नारी आफू विवाहका लागि तयार हुन्छे तब उसले आफूलाई चुस्तदुरुस्त राख्नका लागि आफूमा   विशेष ध्यान दिन जरुरी छ । साधारण तरिकाले आफू कसरी सुन्दर बन्ने, त्यसलाई रिमुख कसरी गर्ने भन्ने कुरा विचार गर्नुपछै छ । त्यसका लागि ब्युटिसियनहरूको सल्लाह सुझावअनुसार चल्नुपर्छ । नारीको पहिलो सुन्दरतालाई मानिसले नियाल्दा शारीरिक बनावट र रूप नै प्रमुख हुन आउँछ । त्यस कारण हामीले भित्री स्वभाव, व्यवहार, वचन, आचरण आदिलाई भद्र राख्नुका साथसाथै बाहिरी सुन्दरतालाई समेत आकर्षण राख्नुपर्छ । किनकि व्यक्ति कि त बोलेर चिनिन्छ कि त उसको रूपबाट यी दुवै कुराले एउटा नारीमा सुनमा सुगन्ध थपेको हुन्छ ।

मेकअप यस्तो कला हो जसका माध्यमबाट व्यक्तिको अनुहारमा रहेका कमीकमजोरीलाई लुकाउन, छिपाउन सकिनुका साथै उसमा भएको प्राकृतिक सुन्दरतालाई कलात्मक सुन्दरतामा ढालेर थप निखार ल्याउन सकिन्छ । अहिलेको आधुनिक युगमा कोहीभन्दा कोही कम हुन चाहँदैनन् र यो समयको माग पनि हो । बदलिँदो समय र परिस्थितिले निम्त्याएको मेकअप शैलीले रोजगारी दिने गरेको छ । सौन्दर्य सामग्री, विभिन्न उपकरण र प्रविधिले मेकअप र मेकअप शैलीको स्तरीयतालाई थप बढवा दिएको छ ।
व्यक्तिमा भएको व्यक्तित्वलाई उसको लवाइ र हेयर स्टाइलले मात्र नभई समय, स्थान र अवसरलाई समेत ध्यानमा राखेर गरिएको मेकअपले प्रष्ट पार्छ । आजको युगमा प्रत्येक नारी शैक्षिक, सीपमूलक, प्राविधिकलगायत जुनसुकै क्षेत्रमा पुरुषसरह अगाडि बढ्न सक्नुपर्छ । सकारात्मक सोच, मेहेनत र लगनशीलता, इमानदारिता,  हिम्मत र दृढ संकल्पका अगाडि बढ्नुपर्छ । यसो गर्दा नारी आफ्नो खुट्टामा आफैं उभिनेमा दुईमत छैन ।  
 

प्रकाशित: १८ पुस २०७४ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App