१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एकै दिन धितोपत्र बोर्डका दुई विज्ञप्ति

काठमाडौं- धितोपत्र बोर्डले सोमबार एकै दिन दुई विज्ञप्ति निकालेको छ। सम्पत्ति शुद्धीकरण छानबिन समिति गठन गरिएकोमा त्यस्तो समितिले नकारात्मक प्रभाव पारेको भन्दै विघटन गरिएको एउटा विज्ञप्तिमा उल्लेख छ भने अर्कोमा लगानीकर्ता हतोत्साहित हुने अवस्था नरहेको बताइएको छ।

सोमबार सेयर परिसूचक पाँच प्रतिशतले ओर्लेर कारोबार समयभन्दा डेढ घन्टाअगावै बजार बन्द भएलगत्तै बोर्डले लगनाीकर्तालाई हतोत्साही नहुन सुझाएको हो। बोर्डले संगठित संस्थाको वित्तीय अवस्था र आधारभूत तथा प्राविधिक विश्लेषण गरी, हतोत्साहित नभई, हल्लाको पछि नलागी सुझबुझपूर्ण तवरले लगानी गर्न आग्रह गरेको छ।

सोमबार नेप्से एकै दिन करिब ८९ बिन्दुले घटेर १६७५.९१ मा आइपुगेको छ। पाँच प्रतिशतले बजार ओर्लेपछि नियमित काराबोर बन्द हुनु डेढ घन्टा अगाडि बजार बन्द भएको हो। त्यसपछि बोर्डले विज्ञप्ति जारी गरेको हो। उसले बजार सुधारको काम गरिरहेको पनि विज्ञप्तिमा जनाएको छ। यस्तो बेला हल्लाको पछि नलागी सचेत भएर लगानी गर्नुपर्नेमा उसले जोड दिएको छ।

विज्ञप्तिमा बोर्डका पदाधिकारीप्रति लक्षित समाचारको पनि खण्डन गरिएको छ। बोर्डले आफ्ना उच्च अधिकारीहरु लगानीकर्तालाई हतोत्साहित बनाई बजार घटाउन लागिपरेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

'नेपाल धितोपत्र बोर्ड र यसका पदाधिकारीप्रति लक्ष्य गरी बोर्डले लगानीकर्तालाई हतोत्साहित बनाई बजार घटाउन लागिपरेको भन्ने समाचारप्रति बोर्डको ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'लगानीकर्ताको हकहित संरक्षण गर्ने, बजार विकासको लागि आवश्यक काम गर्ने जस्ता उद्देश्यले पुँजी बजारको नियमन निकायको रुपमा स्थापित बोर्डले धितोपत्र बजारलाई बजारको सिद्धान्त अनुरुप नै चल्न दिनुपर्छ भन्ने मान्यता राखी काम गर्दै आइरहेको छ।'

बोर्डले बजार सुधारको कार्यक्रमअन्तर्गत पूर्ण अभौतिकीकरण गरी पूर्ण स्वचालित, बजारको गहिराइ हेर्न सक्ने, धितोपत्र दलाल व्यवसायीको शुल्कको पुनरावलोकन, हकप्रद तथा बोनस सेयर सिधै सेयरहोल्डरको डिम्याट खातामा जम्मा हुने जस्ता व्यवस्था गरी लगानीकर्तालाई कारोबार गर्न सहजीकरण गर्दै आइरहेको जनाएको छ।

धितोपत्र बजारको नियामक निकायको रुपमा लगानीकर्तालाई बजारका विविध पक्षबारे सुसूचित गर्नु आफ्नो प्रमुख दायित्व हो भन्दै बोर्डले प्रेस विज्ञप्ति, वेबसाइट तथा विभिन्न सञ्चार माध्यममाफर्््कत ती विषयमा जानकारी गराइरहेको जनाएको। लगानीकर्तालाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्याोग तथा कम्पनीको हरेक पक्षको जानकारी लिन, धितोपत्र बजारको अवस्था र बजार सुधारका काम कारबाहीको अध्ययन गरेरमात्र सुझबुझपूर्ण तवरले लगानी निर्णय लिन बेलाबेलामा सम्झाएने गरेको बोर्डले दाबी गरेको छ।

अचेल 'सूचीकृत संगठित संस्थाले आफ्नो पछिल्लो वित्तीय विवरण प्रकाशन गर्न थालेका र बाहिर आएका विवरण अनुसार संस्थाहरुको मुनाफ््काको स्थिति सकारात्मक रहेको देखिएको परिप्रेक्ष्यमा बोर्ड लगानीकर्तालाई संगठित संस्थाको वित्तीय अवस्था तथा ती संस्थाको आधारभूत तथा प्राविधिक विश्लेषण गरी हतोत्साहित नभई तथा हल्लाको पछि नलागी सुझबुझका साथ लगानी सम्बन्धी निर्णय लिन अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २५ श्रावण २०७३ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App