१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुलिस क्लबको वर्चस्व

नेपाल पुलिसकी नविता श्रेष्ठ प्रतिस्पर्धा गर्दै । तस्बिर साैजन्य : राखेप

काठमाडौं– नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुवाई राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा एकलतर्फको उपििध जितेका छन्। 

पुरुष एकलमा स्यान्टु लगातार दोस्रो पटक च्याम्पियन हुँदा नविताले महिला एकलमा लगातार सातौं पटक उपाधिमा कब्जा जमाइन् । महिला एकलतर्फ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी सिजरिन शाह ८ पटक च्याम्पियन बनेको कीर्तिमान छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल प्रतिस्पर्धामा स्यान्टुले पुलिस क्लबकै विनेश खनियाँलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्यान्टुले ११–५, ११–४, ११–९, ११–९ को सोझो सेटमा विजय हासिल गरेका थिए । सशस्त्र प्रहरी बल (एपिएफ) का पुरुषोत्तम वज्राचार्य र पुलिस क्लबकै प्रदीप रोकाले कांस्य पदक हात पारे।

महिला एकलमा पुलिस क्लबकी नविताले पुलिस क्लबकै एलिना महर्जनलाई १२–१०, ११–१, ११–२, १२–१० को सोझो सेटमा हराउँदै स्वर्ण पदक हात पारिन् । त्रिभुवन आर्मी क्लबकी रविना महर्जन र दीक्षा तामाङले कांस्य पदक जिते।

मिक्स डबल्समा त्रिभुवन आर्मी क्लबका चन्दन शाही र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक जित्यो । चन्दन र स्वेच्छाको जोडीले एपिएफका अमरलाल मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७, ११–९ को सेटमा पराजित गरेको हो । एपिएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा पुलिस क्लबका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीले कांस्य पदक पाए। 

पुलिस क्लबले स्वर्ण पदक जित्न नसकेको मिक्स डबल्समा मात्र हो । ७ स्पर्धा समावेश प्रतियोगितामा पुलिस क्लबले ६ स्पर्धामा स्वर्ण पदक जितेको थियो । यसअघि पुरुष युगलमा पुलिस क्लबकै स्यान्टु श्रेष्ठ र दीप साउन तथा महिला युगलमा नविता श्रेष्ठ र एलिना महर्जनको जोडीले स्वर्ण पदक जितेका थिए । पुरुष÷महिला दुवैको टिम इभेन्टमा पनि प्रहरीले नै स्वर्ण पदक जितेको थियो।

पाँचदिने प्रतियोगितामा विभिन्न ३७ जिल्ला र तीन विभागीय गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता जनाएका थिए।

प्रकाशित: ३० पुस २०७४ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App