२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अभियुक्त पक्रन गएका सुरक्षाकर्मी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर

कलैया(बारा)– ज्यान मार्ने उद्योगमा संलग्न भएको आशंका गरिएका अभियुक्त सियाराम साहलाई नियन्त्रणमा लिन गएका प्रहरी र स्थानीयबासीबीच बुधवार झडप भएको छ।

स्थानीय विद्यालयका शिक्षकसमेत रहेका अभियुक्त साहलाई पक्राउ गर्न खटेका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन सफल भए पनि गाउँलेहरुले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेपछि अभियुक्त साह उम्किएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। स्थानीयबासीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रण लिन सुरक्षाकर्मीले तीन राउन्ड हवाइ फायरसमेत गरेको प्रहरीले जनाएको छ।

थप मद्दतमा पुगेका तेलकुवाँ बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षकसहित एक जवान घटनामा समान्य घाइते भएको प्रहरीले जनाएको छ। ज्यान मार्ने उद्योग मुद्दाका अयिभुक्त शिक्षक सियारामलाई नियन्त्रणमा लिन खटेका सुरक्षाकर्मीहरु माथि गाउँलेहरुले आक्रमण गरेको बताएका छन्।

गाउँलेहरुको आक्रमणमा परी केही सुरक्षाकर्मीहरु समान्य घाइते भएका छन्। सशस्त्र प्रहरीका दुईवटा गाडीका सिसा फुटेका उपरीक्षक उप्रेतीले जानकारी दिए। स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुबाट केही राउन्ड हवाई फायरसमेत गरिएको उनले बताए।

लामो समयदेखि फरार रहँदै आएका अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँका उच्छृखल गतिविधि गर्नेहरुबाट उल्टै सुरक्षाकर्मीमाथि आक्रमण भएको भन्दै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उप्रेतीले बताए।

 

प्रकाशित: २६ श्रावण २०७३ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App