१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुमार्गीद्वारा कानुनी रूपमै वैदेशिक ऋण भित्र्याएको दाबी

काठमाडौं – काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला मुक्तिश्री टावर प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले सोमबार पत्रकार सम्मेलन गरी कान्तिपुर मिडिया ग्रुपले नियोजित रुपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरेर बदनाम गराएको जिकिर गरेका छन्। 

उनले उक्त प्रकाशन गृहविरुद्ध गाली बेइज्जती गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा २५ करोड रुपैयाँ क्षतिपूर्ति  दाबीसहित दायर गरेको मुद्दा विचाराधीन छ । सुरक्षाको मागसहित उनले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका थिए ।
सुमार्गीले आफू र आबद्ध कम्पनीहरुविरुद्ध कान्तिपुर सञ्चार गृहले निरन्तर भ्रामक समाचार सम्प्रेषण गर्दै आएकोमा सत्यतथ्य जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको बताए।

उनले चार वर्षअघि नै विदेशबाट २३ अर्ब लगानी भित्र्याउने तयारी गरेको जानकारी गराइसकेको र त्यसैअनुरुप वैदेशिक ऋण र लगानी भिœयाएको पत्रकार सम्मेलनमा बताए । 

‘चार वर्षअघि यही स्थान (मुक्तिश्री टावर) मा पत्रकार सम्मेलन गरेर मैले व्यवसाय र त्यसमा भइरहेको तथा हुने वैदेशिक ऋण एवम् लगानीबारे जानकारी गराएको स्मरण गराउन चाहन्छु,’ सुमार्गीले भने, ‘पछिल्लो एक दशकयता मैले मेरा व्यवसाय विस्तार गर्ने क्रममा वैदेशिक ऋण एवम् लगानीलाई समेत आधार बनाएको थिएँ । विदेशबाट लगानी ल्याउँदा मुलुकको हित हुनेमा विवाद छैन।’

उनले सरकारका निकायबाट तत्कालीन कानुनबमोजिम वैदेशिक ऋण लगानी भिœयाएको दाबी गरे । उनले भने, ‘सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढंगले ल्याएको छु । ल्याएको र ल्याउने क्रममा रहेको वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको छु।’

२०७० सालमा कान्तिपुर मिडिया गु्रपका प्रबन्धनिर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गा कारोबार भएको र कारोबारको एक वर्षपछि कान्तिपुर ग्रुपले आफूविरुद्ध निराधार समाचार प्रकाशन एवं प्रसारण गरेको उनको आरोप छ । 
कान्तिपुरले भने ‘सुमार्गीका शंकास्पद आर्थिक कारोबारसम्बन्धी समाचार प्रकाशित भएपछि उनले त्यस मामिलालाई विषयान्तर गर्न आफू असुरक्षित रहेको जिकिर गर्दै सञ्चारमाध्यमविरुद्ध लाञ्छना लगाएको’ बताउँदै आएको छ। 

प्रकाशित: २ माघ २०७४ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App