१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रोयाल एस्पाइराले अझै स्वच्छ र स्वस्थ जिउने वातावरण निर्माण गर्छ

एसियन पेन्ट्स नेपाली बजारमा लामो समयदेखि प्रचलनमा रहेको ब्रान्ड हो । नेपाली उपभोक्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको छ । एसियन पेन्ट्सले हालै नयाँ उत्पादन बजारमा ल्याएको छ । एसियन पेन्ट्सको नेपाली बजार कस्तो छ ? उपभोक्तामाझ यो कसरी लोकप्रिय बन्न सकेको छ ? लगायत विषयमा एसियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर बुधादित्य मुखर्जीसँग नागरिकले गरेको कुराकानी :

नेपालमा एसियन पेन्ट्स सर्वाधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएको छ । यसको बजार प्रत्येक वर्ष कसरी बढ्दै गएको छ ?
एसियन पेन्ट्स नेपाल उपभोक्ताको मस्तिस्कमा सधै प्रासंगिक रहन सकेको छ । यो ब्रान्ड आफ्नो उत्पादनलाई अझै वातावरणमैत्री बनाउदै विकसित हुदै छ । कम्पनीले प्राविधिक रुपमा प्रगतिशील उत्पादनहरु समय अनुसार बजारमा ल्याइरहेको छ ।

एसियन पेन्ट्सले समय–समयमा नयाँ उत्पादन बजारमा ल्याउने गरेको छ । नयाँ उत्पादन ल्याउनुपर्ने मुख्य कारण के हो ? नयाँ उत्पादनले बजार हिस्सा बढाउन कति सहयोग गरेको छ?
   हामीले सधै विश्वास राखेका छौं कि हामी बजारमा नयाँ उत्पदान ल्याउनुका साथै सबैभन्दा रुचाइएको पेन्ट कम्पनी हौं । र त्यो प्रतिबद्धतालाई प्रविधिक रुपमा प्रगतिशील उत्पादनहरु समय समयमा ल्याएर सधै जीवित राख्न सफल छौं । यसैकारण हामी सधैं उपभोक्ताको नजिक रहन र उहाँहरुलाइै उपयुक्त उत्पादन दिन सक्षम छौं ।  
कम्पनीले भर्खरै बजारमा नयाँ उत्पादन रोयल एस्पइरा ल्याएको छ । यसको खास विशेषता के के हुन् ?
   रोयाल एस्पाइरामा अग्रिम माइक्रोबायल विशेषता छन् । जसले अझै स्वच्छ र स्वस्थ जिउने वातावरण निर्माण गर्छ । अरु रंगहरुको तुलनामा एस्पाइरामा बढी ज्वालाको प्रतिरोध गर्ने क्षमता छ । यसमा चार सय प्रतिशतसम्म तन्किने र क्र्याकलाइ भर्ने असाधारण क्षमता छ । यसका वाटर बेडिङ प्रविधिले सफा, निर्मल र अत्यधिक टिकाउ सतह प्रदान गर्छ । एस्पाइरामा उच्च दाग प्रतिरोधी क्षमता पनि छ जसले सजिलै भित्तालाई सफा राख्न मदत गर्छ ।
रङ कम्पनीहरुले आफ्ना उत्पादन वातावरणमैत्री भएको दाबी गर्दै आएका छन् । रोयाल एस्पाइरा साँच्चिकै वातावरणमैत्री हो ? 

हाम्रा उत्पादन सरकारले तोकेको वातावरण र स्वस्थ सुरक्षा मापदण्ड भित्रन्छन् भनेर पक्का गर्नलाई हामीले समय समयमा आफ्नो उत्पादनको परीक्षण नेपालभित्र र बाहिर गरिरहेका हुन्छौं । यतिमात्र होइन रोयाल एस्पाइरा जस्ता हाम्रा प्रमुख उत्पादन अन्तर्राष्ट्रिय मापदण्डभित्र पर्छन् । जस्तै– यसमा कम भिओसी र हानिकारक तत्व मुक्त छ । रोयाल एस्पाइरा युरोपियन ग्रिन सिल स्ट्यान्डर्ड अफ जिएस११ को मापदण्डभित्र पर्छ र सिंगापुरमा रहेको अन्तर्राष्ट्रिय प्रयोगशाला टियुभी–एसयुडी पिएसबी सिंगापुरमा सो उत्पादनको परीक्षण गराइएको छ । परीक्षणका प्रमाणपत्र हाम्रो वेबसाइटमा जुनै बेला पनि हेर्न सकिन्छ । यसैकारण हामीलाई विश्वास छ कि रोयाल एस्पाइरा नेपालमा पाइने उत्तम इन्टेरियर इमल्सन हो ।
एसियन पेन्ट्सका अन्य उत्पादन प्नि घरको भित्री भागमा लगाउने किसिमका छन् । ती उत्पादनको विकल्पमा एस्पाइरा हो वा अन्य खास विशेषता छन् ?
  एसियन पेन्ट्सले बजारमा ल्याउने हरेक उत्पादनमा आफ्नै विशेषता र खासियत रहेका छन् । तर रोयाल एस्पाइरा हाम्रो उत्तम इन्टेरियर इमल्सन हो र सो उत्पादनले युरोपियन जिएस११ को स्तर राख्न सफल भएको छ्र । रोयाल एस्पाइरा नेपालमा पाइने उत्तम इन्टेरियर इमल्सन हो ।   

 

प्रकाशित: ३ माघ २०७४ ०५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App