१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपतिको विरोध गर्नेलाई १८ महिना जेल

जकार्ता –सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गरेको भन्दै इन्डोनेसियाका एक युवकलाई १८ महिनाको जेल सजाय हुने भएको छ ।

इन्डोनेसियाको सुमात्रा बस्ने १८ वर्षीया एक युवकले  राष्ट्रपति जाको विडोडोलाई नक्कली फेसबुक आइडीको सहायताले गाली गरेकोमा उनलाई १८ महिनाको जेल सजाय हुने भएको हो ।

आफूलाई कारवाही गर्ने आँट कसैसँग पनि नभएको भन्दै युवकले हिम्मत भएमा आफूलाई पक्राउ गर्नका लागि सुरक्षाकर्मीहरूलाई चुनौती समेत दिएका थिए ।पक्राउ परेपश्चात् उनले आफ्नो गल्ती स्वीकार गर्दै तोकिएको सजाय भोग्न आफू तयार रहेको बताएका छन् ।

प्रकाशित: ३ माघ २०७४ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App