नेपालमा प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी

शनिबार, ०६ माघ २०७४, ११ : ५८ नागरिक


भक्तपुर –  नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले तथ्यांक सार्वजनिक गरेको छ। क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजना गरिएको २ दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए। 

उनका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी ५ देखि ७ हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ। 

नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या १ हजार १०० रहेको केन्द्रको अनुमान छ। जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन्। ६ सय भन्दा धेरै सम्पर्कमै आएका छैनन् । 

क्षयरागीका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा आशिष श्रेष्ठले बताए। इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको २ महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि ४ महिनासम्म उपचार गरिन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्दछ। 

केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ भने नेपालमा ४ हजारभन्दा बढी डट्स सेन्टर रहेको छ। 

नेपालमा सर्ने रोगको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको केन्द्रको भनाइ छ । जसमा क्षयरोगीको यकिन तथ्यांक संकलन गर्न केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत राष्ट्रिय सर्वेक्षण शुरु गरेको छ। 

यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा शुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिए। 

सर्वेक्षणले नेपालमा रहेका क्षयरोगीको यकिन तथ्यांक पत्ता लाग्नुका साथै दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षयरोगको निवारणका लागि मार्ग निर्देशन गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका निर्देशक केसीले बताए। 

यसका लागि मुलुकभरबाट खकारको नमूना संकलन गरी रोगको परीक्षण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहसँग समन्वय गर्ने र आम नागरिकले बुझ्ने गरी क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्ने नीति लिइएको केन्द्रले जनाएको छ ।   (रासस)





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

फिल्म अभिनयमा अर्की सुन्दरी !

फिल्म अभिनयमा अर्की सुन्दरी !

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस...

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कान्छी’को रेड कार्पेट सो गरिएको छ । आइतबार कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी सोमा मह...

थापा र वैद्यलाई कृपा सम्मान

थापा र वैद्यलाई कृपा सम्मान

कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ गीतकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ ।...

रसियामा नेपाली नाटक मञ्चन

रसियामा नेपाली नाटक मञ्चन

रसियाको नोभोसिबिर्सक सहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन्।