१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

दोहा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद ए अल नैमीबीच भेटवार्ता भएको छ। नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा पुगेका लेखकले कतारका श्रममन्त्री नैमीसँग मन्त्रालयमै भेट गरेका हुन्।

भेटमा पूर्वमन्त्री लेखकले लाखौ नेपालीलाई रोजगारको अवसर दिएकोमा कतार सरकारलाई धन्यबाद दिनुका साथै सन २००८ मा आफू श्रम मन्त्री हुँँदा भएको द्विपक्षीय श्रम सम्झौताको प्रभावकारिताबारे जिज्ञासा राखेका थिए। जवाफमा मन्त्री नैमीले सो सम्झौताले नेपाली कामदारहरुलाई कानूनी अधिकार प्रदान गरेको र सम्झौताले रोजगारदाता र कामदार दुबै पक्षलाई फाइदा पु-याएको बताए।

सो अवसरमा लेखकले बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपालीहरुले समयमा तलब नपाउने, सम्झौता अनुसार काम र  तलव नपाउने तथा एकपटकमा १००० रियाल भन्दा बढी रकम नेपाल पठाउन नपाउने समस्याका बारेमा कतार सरकारको ध्यानाकर्षण गराएका थिए।

जवाफमा मन्त्री नैमीले सो समस्या लगायत अन्य समस्या समाधानको लागि दुई देशको संयुक्त समिति निर्माण गरि आवश्यक ब्यवस्था मिलाउनुको साथै ब्यक्तिगत तवरले पनि समस्याहरुलाई गम्भीरताका साथ लिई समाधानको लागि  पहल गर्ने प्रतिबद्धता जाहेर गरेको भेटमा सहभागी कतारका लागि नेपाली राजदूत प्रा.डा. रमेश कोइरालाले जानकारी दिए।

प्रकाशित: ७ माघ २०७४ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App