१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

लण्डन –  इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा  स्वान्सी सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । 

स्वान्सी सिटीको जितमा एकमात्र निर्णयक गोल खेलको ४० औं मिनेटमा अल्फी मवसनले गरेका थिए। रेलिगेशन जोनमा रहेको स्वान्सी सिटीले लिभरपुललाई स्तब्ध पारेको हो।

 हारपछि लिभरपुलकाले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। लिभरपुलको २४ खेलबाट ४७ अंक छ । विजयी स्वान्सी सिटी भने २४ खेलबाट २० अंक जोड्दै तालिकाको पुछारमा रहेको छ। 

तालिकामा ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ। दोस्रो स्थानको  म्यान्चेस्टर युनाईटेडको  ५३ अंक छ । त्यस्तै ५० अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ। 

 

प्रकाशित: ९ माघ २०७४ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App