६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

उडान रद्द भएर सुमाेमा जाँदा ६ जनाकाे ज्यान गयाे

काठमाडौँ – काठमाडौँबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको  टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। शनिबार विहान २ः३० बजे  धनुषाको  गणेशमान चारनाथ नागरपालिका ८ पोर्ताहास्थित कमलापुल नजिकै दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार तिब्र गति भएका कारण जिप अनियन्त्रित भइ सडकबाट करिब ५० फिट तल पोखरीमा झरी दुर्घटना भएको हो। 

मृत्यु हुनेहरूमा धर्मदेवी नगरपालिका ९ संखुवासभाका २९ वर्षीय नवराज जिमी, मोरङका ४० वर्षीय खेमकुमार रानामगर, मोरङकै ३३ वर्षीय प्रह्लाद न्यौपाने, विराटनगर महानगरपालिका ४ मोरङकी ३५ वर्षीया शारदा रेग्मी दाहाल, पाँचथरका ३१ वर्षीया प्रनिता राई र खोटाङका २७ वर्षीय ज्ञानबहादुर चौहान रहेका छन्। 

दुर्घटनामा परी ५ जना घाइते भएका छन् भने पाँच मध्ये एकको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते संखुवासभा धर्मदेवी ९ का २२ वर्षीय छत्रबहादुर जिमीलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ। 

घाइतेहरूमा  सुमो चालक झापाका २८ वर्षीय सञ्जिव प्रसाद खरेल, मृतक शारदा दाहालका पति ४७ वर्षीय रोहित दाहाल, मोरङका ३७ वर्षीय खिलबहादुर मगर, झापाका ३२ वर्षीय रनबहादुर माझी  रहेका छन्।

शुक्रबार फ्लाइटमार्फत विराटनगर जान लागेका उनीहरू  मौसम खराव भएर उडान रद्द भएपछि सुमो रिजर्भ गरी राती नै विराटनगर हिडेका थिए ।  

प्रकाशित: १३ माघ २०७४ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App