१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

खोटाङ– खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको छ। स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए।

गत माघ १० गते मध्यान्ह हराएकी बालिकाको शव सोही राती बगरमा गाडिएको अवस्थामा फेला परेको थियो। आरोपितले सुरुमा खेल्नेक्रममा दुर्घटना भएको र मृत्यु भएको बयान दिए पनि अपराध ढाकछोपका लागि बालिकाको शव बगरमा गाडेको खुलेको प्रहरीले जनाएको छ। ‘सुरुमा जीउनधनले पांग्रा भएको खेलौनामा बालिकालाई गुडाउनेक्रममा ठोक्किएर मृत्यु भएको बयान दिएका थिए,’ डिएसपी थापाले भने, ‘उसको बयान, घटनाको प्रकृति र शव परीक्षणबाट जबरजस्ती करणी गरेको पुष्टी भएको छ।’ प्रहरीका अनुसार घटना प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र आरोपितले जबरजस्ती बलात्कार गरेर हत्या गरेको स्वीकारेका हुन्।

घटना लगत्तै पक्राउ परेका जीउधन विरुद्ध हाड नाता करणी र कर्तव्य ज्यान सम्बन्धी महल अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ।

प्रकाशित: १४ माघ २०७४ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App