१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

देशलाई आत्मनिर्भर बनाउन सकिन्छ: गभर्नर नेपाल

पाल्पा– नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट पैसा परिचालन गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने बताए।

नेपालमा परनिर्भरता रहकाले बैंकबाट कर्जाको सही परिचालन गरी उत्पादन बढाउनुपर्ने र परनिर्भरता हटाउनुपर्नेमा उनले जोड दिए।

छोराछोरी पैसा कमाउन विदेश अब पठाउने होइन, स्वदेशमा नै केही गरी देशलाई आत्मनिर्भर बनाउने गरी युवा उत्पादनमा लाग्नुपर्ने बताए।

आर्थिक अभावका कारण परनिर्भर भएकाले अब ग्रामीण क्षेत्रमा बैंक स्थापना भएकाले त्यसबाट भरिपूर्ण उपभोग गरी देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

पाल्पाको खस्यौली गाविसको हार्थोकस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालयको समुद्घाटन समारोहमा गभर्नर डा नेपालले चामल, तरकारीदेखि सुर्तीसम्म भारतबाट ल्याउनुपर्ने बाध्यता अब ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट कर्जा लिई उत्पादन बढाएर परनिर्भरता हटाएर आत्मनिर्भर बन्ने बताए।

नेपाल राष्ट्र बैंकका प्रमुख कार्यकारी किरणकुमार श्रेष्ठले सरकारी स्वामित्वको बैंक भएकाले यो जनताको बैंकले देशका ३५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको बताए।

वाणिज्य बैंकले दुई वर्षभित्र ७५ जिल्लामा शाखा कार्यालय स्थापना गरी जनतालाई सेवा प्रदान गर्ने बताए।

यस वर्षमात्र २० शाखा कार्यालय स्थापना गरी सस्तो र सुलभ ब्याजदरमा ऋण प्रवाह गरी जनताको जीवनस्तर माथि उठाउन सफल भएको बताए।  रासस

 

प्रकाशित: २९ श्रावण २०७३ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App