१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

'मन सुन्दर भए पो तन सुन्दर!'

–लिरिल फ्रेस हिसिला महर्जन 
लिरिल फ्रेस फेस सिजनको विजेता बन्नुभयो कस्तो महसुस भइरहेको छ ? 
मैले मोडलिङ क्षेत्रमा काम गरेको एक वर्ष जति भएको थियो । मैले फेसबुकमार्फत लिरिल फ्रेस फेस सिजनको आवेदनबारे थाहा पाएँ अनि निवेदन गरेँ र छानिएँ (सेलेक्ट) पनि भए । मलाई सुरुबाटै जित्छु जस्तो लागिरहेको थियो । हामीले सानैबाट सुनेको ब्रान्ड हो ‘युनिलिभरको लिरिल’ । यसैको ब्रान्डसँग जोडिएर विजेता हुन पाउँदा एकदमै खुसी लागेको छ । आफ्नो क्षमतामा मलाई भरपुर विश्वास भएको छ ।  

यस प्रतियोगितामा सहभागी भएर के फाइदा भयो ?
त्यहाँ छानिएको मध्ये मोडलिङमा लागेको म मात्रै रहेँछु । मलाई अलिकति सहज भयो । यसमा गएर मैले धेरै कुरा सिक्ने अवसर पाएँ । कसरी बोल्ने, हिँड्ने, मेकअपसम्बन्धी, आफ्नो प्रस्तुति दमदार कसरी बनाउने, मोडलिङ गर्दा के–के चाहिन्छ र कस्तो क्षमता हुनुपर्छ भन्ने जस्ता कुरा मैले सिक्ने अवसर पाएँ । त्यस्तै मैले ब्रान्डको कुरा पनि थाहा पाएँ । राजनीतिक, सामाजिक, आर्थिकजस्ता कुरामा पनि जानकारी धेरै प्राप्त भयो । मोडलिङ क्षेत्रमा आउन चाहने मजस्तालाई यस ‘लिरिल फ्रेस सिजन’ले धेरै नै फाइदा पु¥याएको छ । 

सुन्दर के ले बनाउँदो रहेछ ?
मान्छे सुन्दर हुन अनुहार राम्रो भएर मात्र हुँदैन मन भित्रबाटै राम्रो हुनुपर्ने रहेछ । मन जस्तो छ बाहिर पनि उही झल्किने हो । त्यसकारण  मनलाई सुन्दर बनायो भने हामी सबै सुन्दर हुन्छौ।

अब  तपाईं कुन क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहनुहुन्छ ? 
म एक वर्षका लागि अनुबन्धित भएकी छु । एक वर्ष र अरू समयमा पनि म यसै ब्रान्डसँग जोडिने नै छु । मेरो उद्देश्य भनेको मोडलिङ क्षेत्रमा जम्ने हो घरपरिवारबाट मलाई यसमा पूरै समर्थन छ । मलाई समाजसेवामा धेरै रुचि छ । त्यसकारण मैले समाजशास्त्रमा स्नातक गर्दैछु । मोडलिङ गर्दै समाजसेवामा लाग्ने मेरो उद्देश्य छ ।  

प्रकाशित: २० माघ २०७४ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App