१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गन्तव्य एक, अभियान अनेक

सन् १९५३ मे २९ मा सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला पुग्यो । त्यसयता सगरमाथा चुचुरो चुम्ने विदेशी र नेपालीको संख्या पाँच हजार नाघिसकेको छ । त्यसमा महिलाको संख्या भने अत्यन्तै न्युन छ । जापनी महिला जुन्को तावेईले सन् १९७५ मा पहिलोपटक सगरमाथा आरोहण गरिन् । त्यसयता करिब तीन सय महिलाले मात्रै सगरमाथाको आरोहण गरेका छन् । अझ यसमा नेपाली महिलाको संख्या भने जम्मा २६ मात्रै छ।

यद्यपि, सगरमाथामा सबैभन्दा बढी आठ पटकसम्म आरोहण गर्ने महिला भने नेपाली नै हुन् । संखुवासभाकी लाक्पा शेर्पाले ९ पटक सगरमाथा आरोहण गरेकी छन् । यसैगरी नेपालका दुई महिला एसियाकै पहिलो अन्तर्राष्ट्रिय गाइड बनेका छन् । दोलखाकी दावायाम्जुङ शेर्पा र ओखलढुंगाकी माया शेर्पा अन्तर्राष्ट्रिय गाइड हुन् । यी तीनै महिला हिमाल आरोहण गराउने पेसामा छन्।

नेपाली महिलाले सगरमाथा चढेको २४ वर्ष पुगेको छ । २०५० वैशाखमा पहिलो पटक पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् । त्यसयता २६ महिलाले मात्रै सगरमाथाको चुचुरोमा पाइला पु¥याएका छन् । यस वर्ष भने सगरमाथामा महिलाको लर्को लाग्ने अनुमान गर्न सकिन्छ । तथ्यांकअनुसार सबै महिलाको आरोहण सफल भए आउँदो हिउँदपछि १७ महिला सगरमाथा आरोहीका रूपमा थपिनेछन्।

सोलुखुम्बुकी डोमा शेर्पा, पासाङल्हामु शेर्पा, लाक्पा याङ्जी शेर्पा, याङ्दी शेर्पा, दोलखाकी दाबुटी शेर्पा, छोकी शेर्पा, दादिकी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, लक्ष्मी तामाङ, संखुवासभाकी दिकी शेर्पा, रोशा बस्नेत, प्रियलक्ष्मी कार्की, कल्पना महर्जन, देउराली चाम्लिङ, रोजिता बज्राचार्य, गोरखाकी फुन्जोसाङ्मु लामा र पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहण गर्ने तयारीमा छन् । उनीहरू आउँदो सिजनमा सगरमााथा आरोहण गर्ने घोषणा गरिसकेका छन्।

उनीहरू सगरमाथाको चुचुरोमा टेक्न मात्र होइन, अभियानै बोकेर आरोहण गर्न थालेका हुन् । अभियान भने महिला र टिम अनुसार फरक छ ।

यस वर्ष भने सगरमाथामा महिलाको लर्को लाग्ने अनुमान गर्न सकिन्छ । तथ्यांकअनुसार सबै महिलाको आरोहण सफल भए आउँदो हिउँदपछि १७ महिला सगरमाथा आरोहीका रूपमा थपिनेछन् ।
सोलुखुम्बुकी डोमा शेर्पा, पासाङल्हामु शेर्पा, लाक्पा याङ्जी शेर्पा, याङ्दी शेर्पा, दोलखाकी दाबुटी शेर्पा, छोकी शेर्पा, दादिकी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, लक्ष्मी तामाङ, संखुवासभाकी दिकी शेर्पा, रोशा बस्नेत, प्रियलक्ष्मी कार्की, कल्पना महर्जन, देउराली चाम्लिङ, रोजिता बज्राचार्य, गोरखाकी फुन्जोसाङ्मु लामा र पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहण गर्ने तयारीमा छन्।

पाँच पत्रकारको आरोहण
‘समानताका लागि बुलन्द आवाज’ नारासहित पाँच महिला पत्रकार पनि सगरमाथाको आरोहणमा जुटेका छन् । रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ आरोहणमा लागेका छन् ।
‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ नामाकरण गरी उनीहरू आरोहणमा जुटेका हुन् । उनीहरूले नेपाल पत्रकार महासंघको लोगो अंकित झन्डा सगरमाथाको शिखरमा फहराउने बताएका छन्।  

उनीहरू आफ्नो आरोहणलाई टेलिभिजनबाट ‘लाइभ’ गर्ने सोचमा छन् । यसले गर्दा लाखौं मानिसलाई साहसका लागि प्रेरित गर्न सकिने उनीहरूको विश्वास छ । ‘सगरमाथाको शिखरवाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न प्राविधिक रूपमा तयारी गर्दैछौं,’ टोली नेता महर्जनले भनिन्, ‘सफल भयौं भने यसले नेपाली महिलाहरूको नाममा नयाँ विश्व रेकर्ड कायम गराउनेछ ।’
डोमाको पहिलो बन्ने दाउ
शेर्पा समुदायको पहिलो महिला पत्रकारका रूपमा सगरमाथा आरोहणका लागि डोका शेर्पा जुटेकी छन् । आउँदो बसन्तकालीन सिजनमा सगरमाथा चढ्ने तयारी गरिरहेकी डोमाले महिला सशक्तीकरण, पत्रकारिता क्षेत्रमा महिलाहरूलाई अग्रसर र पर्यटन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने भन्दै उनी आरोहणमा जुटेकी छन् ।
फोटो प्रदर्शनी अभियानमा पूर्णिमा
गोर्खा, आरुघाटकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाको चुचुरोबाट क्यामरामा तस्बिर कैद गर्न नभएर आधार शिविरबाट चुचुरोसम्म फोटो प्रदर्शनी गर्दै जाने सपनासहित आरोहणको तयारी गरिरहेकी छन् । ‘स्माइलिङ वुमेन नेपाल एभरेस्ट एक्सपिडिसन २०१८’ नामक अभियान लिएर उनी सगरमाथा चढ्न आवश्यक २५ लाख रूपैयाँ जुटाउन लागेकी छन्।

सगरमाथा चुचुरोतर्फ आफूले खिँचेका उत्कृष्ट फोटो राख्दै जाने र ओर्लंदा तस्बिर निकाल्ने उनको  योजना छ । काठमाडौं फर्केर सगरमाथामा प्रदर्शन गरिएका तस्बिरको पुनःप्रदर्शनी गर्न उनले बताइन् । त्यस्तै सगरमाथाबाट पाठेघर सम्बन्धी क्यान्सरबारे जनचेतना जगाउने उनको अभियान छ।
महिला सशक्तीकरणमा दिकी
‘लैंगिक समानताका लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूल नाराको साथ ओखलढुंगाकी दिकी शेर्पाले सगरमाथा आरोहण अभियानमा जुटेकी छन्।

महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने संस्कारलाई बदल्न पुरुषसरह नारीको क्षमता प्रदर्शन गर्ने भन्दै उनी आरोहणमा जुटेकी हुन् । पर्यटन र साहसिक पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा आम महिलालाई अघि बढाउन प्रेरित गर्न सगरमाथा आरोहणले सहयोग पुग्ने उनको दाबी छ ।
चुचुरोबाट कफी
दोलखा, गौरीशंखरकी दाबुटी शेर्पा कफीको प्रमोसन गर्ने भन्दै सगरमाथा आरोहण अभियानमा छिन् । बौद्धस्थित मितिनी क्याफेमार्फत कफी प्रवद्र्धन गरिरहेकी दाबुटी सगरमाथा पुगेर कफी प्रर्वद्धन गर्न लागेकी हुन् । ‘सगरमाथा आरोहण गर्ने रहर सानैदेखि थियो,’ उनले भनिन्, ‘रहर पूरासँगै आफूले गरिरहेको व्यवसाय प्रवद्र्धन गर्ने अभियान सहित सगरमाथाको आरोहण गर्दैछु।’
दाबुटीले नेपाली कफी प्रमोसनका लागि सगरमाथाको चुचुरोमा पुगेर कफी बनाई अन्य आरोहीलाई दिने योजना बनाएकी छन् । त्यसैगरी क्याम्प १, २, ३ र ४ मा पनि सगरमाथा आरोहणमा सहभागी पर्यटकलाई कफी खुवाउने लक्ष्य लिएको दाबुटीले बताइन् ।
महिला आत्मनिर्भर अभियानमा तीन महिला
‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ नारा लिएर लाक्पा याङ्जी शेर्पा, याङ्डी शेर्पा र पाशाङल्हामु शेर्पा पनि आरोहणमा जुटेका छन् । उनीहरूले अघिल्लो हप्ता पत्रकार सम्मेलन गरी पर्यटन क्षेत्रको प्रबद्र्धनका साथै यस क्षेत्रमा महिलाहरूको सहभागिता बढाउने लक्ष्य लिएर सगरमाथा आरोहण गर्न लागेको जनाए।

आरोहणपछि बैदेसिक रोजगारीबाट फर्किएका पीडित दलित तथा एकल महिलालाई पर्यटन क्षेत्रमा आकर्षित गराई आत्मनिर्भर गराउने उनीहरूले बताए । मौसमले साथ दिए मे १८ तारिखमा समिटमा पुग्ने उनीहरूको योजना छ ।
बुद्ध नेपालमै जन्मिएको सन्देश
दोलखाकी छोकी शेर्पा र काभ्रेकी शर्मिला तामाङ भने बुद्ध नेपालमै जन्मिएको सन्देश दिन सगरमाथा आरोहणमा जुटेका छन् । केही देशहरूमा ‘गौतम बुद्ध भारतमा जन्मिएको’ भ्रम रहेकाले यो अभियान थालेको उनीहरू बताउँछन्।

‘बुद्ध वाज ब्रोर्न इन नेपाल’ लेखिएको झन्डासँगै नेपालको झन्डा र धिरज राईले गाएको ‘बुद्ध वाज ब्रोन इन नेपाल’ बोलको गीत एक मिनेट सर्वाेच्च शिखरमा बजाएर विश्वलाई सुनाउने उनीहरूको योजना छ । ‘बैदेसिक रोजगारीको सिलसिलामा चार वर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गीहरूलाई गौतम बुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेको पाएँ,’ छोकीले भनिन्, ‘सोही भ्रम चिर्न सगरमाथाको शिखरबाट सन्देश दिन चाहान्छु ।’

प्रकाशित: २७ माघ २०७४ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App