१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

क्लोज अपको प्रेमोत्सव

काठमाडौं– मायाको महिना फेब्रुअरीसँगै भ्यालेन्टाइन डेको आगमनसँगै हरेक वर्षझैं क्लोज अपले यो वर्ष पनि लभ फेस्ट आयोजना गरी माया गर्ने जोडीहरूलाई मनोरञ्जन प्रदान गर्‍यो । नेपालको अग्रणी टुथपेस्ट ब्रान्ड क्लोज अपले भ्यालेन्टाइन्स् डेको आगमनमा युवा जोडीहरूका लागि विशेष वातावरण बनाउन फेब्रुअरी १० शनिबारका दिन सिभिल मलमा विभिन्न प्रतियोगिता तथा खेल आयोजना गर्‍यो ।

महोत्सवमा सहभागी जोडीहरूले हरेक अवसरलाई जीवनभरका लागि अविस्मरणीय बनाए । सो दिन, दिनभर लाइभ ब्यान्ड, डिजे जोन, डान्स पफर्मेन्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूसँगै सिभिल मल उत्सवमय भयो । यो वर्ष यहाँ आउने जोडीहरुलाई लाउरे (आशिष राना), स्वप्न सुमन, सबिन राई विथ ब्याण्ड, श्रेया सोतांग, नितेश जंग कुँवर, सबिन एन्ड द क्रु, ज्योभन भुजु, मायाभी सुरज, द लोदिंग ब्यान्ड आदिले आफ्नो पर्फर्मेन्सबाट सबै मन्त्रमुग्ध पारे । यी कलाकार र ब्याण्डहरूका साथै, विभिन्न कलेजबाट छानिएका प्रतिभाहरूले पनि सँगै आफ्ना प्रस्तुति दिएका थिए ।

लाइभ पफर्मेन्सहरू बाहेक क्लोज अप लभ फेस्टमा अन्य क्रियाकलापहरू जस्तै आ–आफ्नो जोडीसँग नाच्नको लागि डिजे जोन, मायाको भविष्यवाणीको लागि ट्यारो कार्ड रिडिङ र आफ्नो माया व्यक्त गर्न लभ मेसेज दिने स्थानले पनि जोडीहरूलाई आकर्षित ग¥यो । साथै, प्रेमीरप्रेमिकाहरूले फुड कोर्ट, संगीत र विभिन्न मनोरञ्जनका साथ रमाइला क्षण बिताए । यो मुख्य कार्यक्रमको लागि पहिले नै युवा जोडीहरूलाई तताएका क्लोज अप लभ मेसेज फेस्टको विजेता घोषणा पनि यसै कार्यक्रममार्फत भयो । जसमा छिरिङ लामा, निरज थापा, स्मृती श्रेष्ठ, अभिषेक श्रेष्ठ र रेगिना खड्का विजयी भए ।

प्रकाशित: २८ माघ २०७४ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App