मुम्बई – हिमाञ्चल प्रदेशबाट संघर्ष गरेर बलिउडमा आफ््नो दबदबा राख्न सफल अभिनेत्री कंगना रनौत फिल्ममा बोल्ड र बिन्दास दृश्य दिएर चर्चित छिन्। बलिउडकी रानी कंगना त्यस्ता दृश्यमा मात्र सिमित छैनन्।
उनी अब मन्दिर निमार्णमा जुटेकी छिन्। उनी भगवानमा पनि आस्था राख्छिन्। यही कारणले उनी आफ्नो जन्म गाउँमा आमा अम्बिकाको नाममा भव्य मन्दिर बनाउँदै छिन्।
धार्मिक आस्थावान कंगनाले आफ्नो सुख समृद्धिको लागि मन्दिर बनाउन लागेको बताएकी छन्। फिल्ममा मात्र नभई अब उनी आफ्ना कूल देवी अम्बिकाको भक्तिमा पनि ध्यान दिनेछिन्।
यो भन्दा पहिलेपनि उनी शान्ति समृद्धिको लागि हबन पाठ गर्न लगाउने गर्थिन्। उनको घर मंडीमा भएपनि मनालीको सिमसामा नयाँ बंगला बनाएकी कंगनाको पूर्वज मुख्य गरी राजस्थानसँग सम्बन्ध राख्छन्।
कंगनाले राजस्थानबाट माता अम्बिकाको ज्योती ल्याएर आफ्नो घरमा कुल देवीको स्थापना गर्न चाहन्थिन। तर पण्डितले कुल देवीको लागि घरभन्दा पनि मन्दिर नै बनाउँदा राम्रो हुने सल्लाह दिएपछि उनले मन्दिर बनाउन लागेकी हुन्।
यो मन्दिर बनाउनको लागि कंगनाका पिता आफै तयार थिए तर पछि कंगनाले मन्दिरको खर्चभार आफूले जिम्मा लिने बताएपछि उनका पिता पछि हटे। अहिले मन्दिरको निर्माण भइरहेको छ र उनका पिताले त्यसको रिपोर्ट दिइरहेका छन्।
मन्दिर निमार्णपछि माता अम्बिकाको पूजाअर्चना पुरा गाउँलेले गर्न पाउने बताइएको छ।
प्रकाशित: ४ फाल्गुन २०७४ ०९:३९ शुक्रबार