१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कर्मचारीसँग मन्त्रीको यौन सम्बन्धमा प्रतिबन्ध

तस्बिरमा क्रमशः अष्ट्रेलियाका प्रधानमन्त्री, महिला कर्मचारी र उपप्रधानमन्त्री ।

सिड्नी – अष्ट्रेलियाली सरकारले कर्मचारी र मन्त्रीबीचको यौन सम्बन्धमा प्रतिबन्ध लगाउने भएको छ।

उपप्रधानमन्त्री बार्नबी जोइसको आफ्नै कार्यालयमा काम गर्ने महिला कर्मचारीसँग सम्बन्ध रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने सम्बन्धमा प्रतिबन्ध लगाउने तयारी गरेका हुन्। उनले कर्मचारीसँग सम्बन्ध नराख्न मन्त्रीहरुलाई निर्देशन समेत दिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपप्रधानमन्त्री जोइस र उनकी मिडिया सल्लाहकार भिकी क्याम्पिअनबीचको यौन सम्बन्ध बुधबार सार्वजनिक भएको थियो। यी दुई बीचको सम्बन्धले अस्ट्रेलियाको राजनीतिमा हलचल ल्याइदिएको छ।

प्रधानमन्त्री टर्नबुलले जोइसको आचरण पदीय मर्यादा विपरित र विवेकमा भएको गम्भीर त्रुटी भन्दै निन्दा गरेका छन्। उनले कर्मचारीसँग कार्यालयमै सम्बन्ध राख्ने आचरण स्वीकार्य नभएको भन्दै मन्त्रीहरूले कार्यस्थललाई मर्यादित बनाउनुपर्नेमा जोड दिए। 

यता विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन्।

आफ्नो सम्बन्ध देश र परिवारसम्म पुगेपछि उपप्रम जोइसले ‘पीडादायक निजी अनुभव’ भन्दै आफ्नी श्रीमती, चार छोरी र ती पूर्वकर्मचारीसँग सार्वजनिक रूपमै क्षमा मागेका छन्।

जोइसमाथि मन्त्री पदको गरिमा तोडिएकोबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्रीले अब कडाईका साथ कर्मचारी र मन्त्रीको सम्बन्धमा प्रतिबन्ध लगाइने प्रतिबद्धता जनाएका छन्।

यसअघि तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले कार्यालयकै कर्मचारी मोनिका लिविनस्कीसँगको सम्बन्ध संसारभर चर्चाको विषय बनेको थियो।

प्रकाशित: ४ फाल्गुन २०७४ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App