डोल्पा - डोल्पामा आगोले जलेर तीन जना गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिकामा शनिबार आगोले जलेर एक बालिकासहित तीन महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका ६ की १६ वर्षीया प्रतिभा रोकाया, ६५ वर्षीया पप्बु चलाउने र ६८ वर्षीया चाउरी चलाउने रहेका छन्। वार्ड नं ५ मा पर्ने ल्हाँबाट फुल्चिङ्गतर्फ आउदै गरेको अवस्थामा कागुक्ताधारामा पुग्दा एक्कासी चारैतिरबाट आएको आगोको ज्वालामा परेर उनीहरु गम्भीर घाइते भएका हुन्। आगोले उनीहरुका शरीरका लुगा, अनुहार र शरीरका विभिन्न ठाउँमा जलेको छ।
घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टेरबाट उपचारका लागि सुर्खेत लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर लगिएको घाइतेकी आफन्त काली चलाउनेले बताइन्।
प्रकाशित: १२ फाल्गुन २०७४ १३:०५ शनिबार