१५ वैशाख २०८१ शनिबार
image/svg+xml
बिष्णुप्रसाद देबकोटा


बिष्णुप्रसाद देबकोटाका लेखहरु :

जाजरकोट–डोल्पा सडक खण्डमा तुइनको सहारामा तारिन्छ जीप

डोल्पालाई राष्ट्रिय सडक सन्जालले छोएको दुई वर्ष पुरा भयो । चार वर्षअघि डोल्पा जाजरकोट सडकको त्रिपुरासुन्दरी नगरपालिकाको छलगाडमा औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

डोल्पामा मनाइयो चैती

डोल्पा काईके गाउँपालिकाका तराली मगरहरुले यो वर्षको तिचुरोङ अर्थात चैती पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाखको दोस्रो सातामा मनाईने तिचुरोङ अर्थात चैती पर्व काईके क्षेत्रका तराली मगरहरुले आपसी एकता सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा मनाउने गर्छन्।

रोकेको जीप दुर्घटना, यात्रु हाम फालेर बचाए ज्यान

डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दिर नजिक जीप दुर्घटना भएको छ । रोकी राखेको जीप आफै पछाडी ओरालो तर्फ खसेर दुर्घटना भएको हो।

अंगुरखेतीको लागि पकेट क्षेत्र बन्दै त्रिपुरासुन्दरी

नगरपालिकाले आर्थिक सम्बृद्दिको आधार अंगुरखेतीलाई बनाउन भारतको महाराष्ट्रमा पर्ने नासिकबाट अंगुरको बिरुवा ल्याएर ब्यवसायिक खेतीको शुरुवात गरेको हो।

आत्मनिर्भरको बाटोमा उपल्लो डोल्पाका महिला

हिमाली जिल्ला डोल्पाको उपल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाका महिलाहरू आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन्। परम्परागत खेती तथा चुलोचौकोमा सीमित  शे–फोक्सुण्डो ६ का महिलाहरू सिपमुलक तथा आयआर्जनमुलक तालिम लिएर आत्मनिर्भरको बाटोमा अघि बढेका हुन।

सडक सुरक्षाको अवलोकन

रूकुम र डोल्पाको सीमा क्षेत्रमा पर्ने साङ्गले तुसारेदेखि छलगाडसम्मको सडकखण्डको सुरक्षा अवस्था बुझ्न पहिलो पटक जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत निरीक्षण र अवलोकन गरेका छन्।

डोल्पामा एसइई परीक्षाको तयारी पुरा, ६५३ परीक्षार्थी सहभागी हुने

यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र  र ३०५ छात्रा गरी ६ सय ५३ परीक्षार्थी सामेल हुने छन्।

विप्लवका दुई कार्यकर्ता पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेकपा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। चन्दा असुली तथा पर्चा पम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडालाई त्रिपुराकोट प्रहरीले कोटबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

बलात्कारका आरोपी पुनर्स्थापना केन्द्रमा

६ वर्षीया बालिका बलात्कार प्रयासमा पक्राउ परेका एक किशाेरलाई जिल्ला अदालत डोल्पाले पुनर्स्थापना केन्द्रमा पठाएको छ। काइके गाउँपालिका ५ की ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका १७ वर्षीय होउज बुढा (नाम परिवर्तन) लाई पुनर्स्थापना केन्द्रमा पठाइएको हो।

मदिरामाथि रोक लगाउँदै प्रहरी

त्रिपुरासुन्दरी नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा प्रहरीले कडाई गरेको छ ।

हिमपातले अवरुद्ध जुफाल विमानस्थल खुल्यो

हिमपातले अवरुद्ध डोल्पाको जुफाल विमानस्थल ४ दिनपछि खुलेको छ। गएको मंगलबार रातीदेखि परेको अविरल बर्षापछि जुफाल विमानस्थलको धावनमार्गमा ४ देखि ५ फुट हिउँ जमेपछि बुधबारदेखि विमानस्थल अवरुद्ध भएको थियो।

नगर र पुस्तक वितरक बीचको विवादले बालबालिकाले किताब पाएनन्

यहाँको त्रिपुरासुन्दरी नगरपालिका र किताब वितरक बीच विवाद हुँदा शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा समेत विद्यार्थीहरुले किताब पाउन सकेका छैनन्।

गुडिरहेको ट्याक्टरमाथि पहिरो खस्दा चालक घाइते

डोल्पाको करवगाड खदाङ्ग सडक खण्डमा पर्ने कुच्चिभीर नजिकै सडक माथिबाट खसेको पहिरोले एक ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। डोल्पाको खदाङ्ग हरियापनीबाट रुकुमको छरेबगरका तर्फ गइरहेको भे १ त ७८९३ को ट्याक्टर शुक्रबार साँझ ७ बजेतिर सडकमा गुडिरहेको बेला सडक माथिबाट खसेको पहिरोसंगै आएको ढुंगा लागेर आठबीसकोट नगरपालिका ४ का ट्याक्टर चालक गोपाल नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय करबगार्डले जनाएको छ।

डोल्पामा रहेकाे जापानिज चामल मुसाको चारो बन्दै

विगतका वर्षहरुमा चामल लिनको लागि सर्वसाधारणको तँछाड मछाड हुने गरेका डोल्पाका खाद्य डिपोहरुमा आजभोली मानिसहरुको भीडभाड घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्