२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अंगुरखेतीको लागि पकेट क्षेत्र बन्दै त्रिपुरासुन्दरी

डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नगरलाई नै अंगुरखेतीको लागि पकेट क्षेत्रको रुपमा विकास गर्न अभियान थालेको छ।

नगरपालिकाले आर्थिक सम्बृद्दिको आधार अंगुरखेतीलाई बनाउन भारतको महाराष्ट्रमा पर्ने नासिकबाट अंगुरको बिरुवा ल्याएर ब्यवसायिक खेतीको शुरुवात गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिकाका वडा  नम्बर १ मा पर्ने त्रिपुराकोट ९ र १० मा पर्ने लिकु, चुँ वडा नम्बर ३ र ४ मा पर्ने सुउँ र रंग ५ र ६ मा पर्ने खदाङ्ग र पालङ्ग लगायतका क्षेत्रलाई पकेटको रुपमा विकास गरि अंगुरको खेती गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त कार्यकारी नेत्रराज गिरीले बताए। सो क्षेत्रमा प्रदेश सरकारको आर्थिक सहयोगमा भारतको नासिकबाट ६ हजार अंगुरका बिरुवा ल्याएर पाँच सय कृषकलाई बितरण गरिएको हो।

गत वर्ष नगरले झण्डै एक करोड मुल्यका ९ हजार बिरुवा ल्याएर कृषकलाई वितरण गरि ब्यवसायिक खेतीको थालनी गरेको थियो। डोल्पाको वातावरण भारतको नासिकसंग मिल्दोजुल्दो रहेको र अंगुरखेतीको लागि डोल्पाको भुभाग पनि मिल्ने भएकाले अंगुरखेतीबाटै नगर बासिन्दाको आर्थिक जीवनस्तर माथि उठाउन सकिने भएकाले अंगुरखेतीलाई प्राथमिकता दिइएको नगरका मेयर ओमबहादुर बुढाले बताए।

त्रिपुरासुन्दरी नगरपालिकालाई फलफुलखेतीबाटै आर्थिक सम्बृद्दि तर्फ अगाडि बढाउने उदेश्यका साथ स्याउ र अंगुरको ब्यवसायिक खेतीको थालनी गरिएको नगरपालिकाले जनाएको छ। पर्या–पर्यटनको प्रवद्र्दन समेत फलफुल खेतीको माद्यमबाट गर्न सकिने भएकाले विशेष रुपले अंगुर खेतीलाई नगरले प्राथमिकतामा राखेको हो।

त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीयहरु पनि नगरको कदम प्रति सकारात्मक छन्। नगरले कृषकहरुलाई विरुवा संगसंगै पकेट क्षेत्रको संरक्षणको लागि तारजाली, विमा तथा हेरालुको समेत ब्यवस्था गरिदिनु पर्ने त्रिपुरासुन्दरी नगरपालिका १ का कृषक लवचन्द्र रोकायाले बताए।

 

प्रकाशित: २० चैत्र २०७५ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App