१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बार्सिलोना र रियल मड्रिडको शानदार जित

मड्रिड – स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना र तेस्रो स्थानको रियल मड्रिडले सानदार जित दर्ता गरेका छन्।
प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथी ६–१ को फराकिलो जित निकाल्यो।

बार्सिलोनाको जितमा खेलको ५,४४ र ७६ औं मिनेटमा गोल गरी लुइस  स्वारेजले ह्याट्रिक गरे। त्यस्तै ३० र ३६ औं मिनेटमा लियोनेल मेस्सी र ६६ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गरे। खेलको दोस्रो मिनेटमा पोर्तुको गोलबाट अग्रता लिएको जिरोनाले त्यसपछि खेलअवधिभर ६ गोल खायो।

जितसँगै शिर्ष स्थानको बार्सिलोनाको २५ खेलबाट ६६ अंक भएको छ। २४ खेलबाट ५५ अंक जोडेको एथ्लेटिकको मड्रिड दोस्रो स्थानमा छ।

त्यस्तै हिजो बेलुकी घरेलु मैदानमा सम्पन्न खेलमा रियल मड्रिडले आलाभेसलाई ४–० को पराकिलो अन्तरले पराजित गरेको छ। रियलको जितमा खेलको ४४ र ६१ औं मिनेटमा गरि क्रिष्टियानो रोनाल्डोले २ तथा ४६ औं मिनेटमा ग्यारेथ बेल र ८९ औं मिनेटमा पेनाल्टी मार्फद करिम बेन्जेमाले गोल गरे। जितसँगै २५ खेलबाट ५१ अंक जोडेको रियल तालिकाको तेस्रो स्थानमा यथावत छ।

रातिनै भएका अन्य खेलमा सेल्टा डी भिगोले एइबरलाई २–० ले पराजित गर्दा लेगानेस र लास पालमसले गोल रहित बराबरी खेलेका छन्।

प्रकाशित: १३ फाल्गुन २०७४ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App