२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

भैरहवा – एक महिनाअघि खेतमा मृत अवस्थामा भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।  गत माघ २२ गते कोटहिमाइ गाउँपालिका ३ की १२ बर्षीया एक बालिका घर नजिकैको खेतमा आफनै चुन्नीले घाटीमा बेरिएको अवस्थामा मृत्त फेला परेकी थिइन। 

घाँस काट्न घरबाट निस्केकी ती बालिकालाई स्थानीय सन्दिप कुमार धोवीले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। बालिका साढे ४ बजेतीर घाँस काट्न घर नजिकैको खेतमा गएकी थिइन। अबेरसम्म पनि घर नफर्केपछि परिवारले खोजी गर्दै जाँदा गहुँ खेतमा बालिकाको शव फेला पारेका थिए। 

घाँटीमा चुन्नीले कसिएको र रगताम्मे अवस्थामा बालिकाको शव फेला परेपछि प्रहरीलाई खबर गरेको बालिकाका आफन्तले बताएका छन्। धोवीले खेतमा रहेका अन्य बालबालिकालाई रात परेको भन्दै घरतिर पठाएर बालिकालाई बलात्कार गरी चुन्नीले घाटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ। 

स्थानीय २२ बर्षीय सन्दिप धवल धोवीले बालिकाको बलात्कार गरी पोल खुल्ने डरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। धोवीलाई पक्राउ गरी जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्दामा थुनामा राखिएको डिएसपी पाण्डेले बताए। 

धोबीले यसअघि पनि स्थानीय एक नाबालिकालाई करणीको प्रयास गर्नुका साथै अन्य युवती र बालिकामाथि यौन हिंसाको गरेको गुनासो स्थानीयबाट आएको थियो।

प्रकाशित: २३ फाल्गुन २०७४ १५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App