१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ मा पर्ने देउसाकी १८ बर्षीया अनिषा राईको अत्यधिक रक्तश्रावले ज्यान गएको हो। 

राईको बच्चा भने सामान्य अवस्थामा जन्मिएको थियो। तर रक्तश्राव नरोकिँदा ज्यान गएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र कुमार बस्नेतले जानकारी दिए। 

डाक्टर बस्नेतका अनुसार बिहीबार दिउँसो छोरालाई जन्म दिएकी राईको सालनालसंगै पाठेघर समेत योनी मार्गमा आएर रक्तश्राव भएको हो। युटेरश इन भर्जन भएपछि रक्तश्राव हुने र जसलाई रोक्नको लागि पाठेघरलाई तत्काल यथास्थानमा लैजान अस्पतालमा भएको सम्पूर्ण डाक्टरले प्रयास गरेपनि असफल भएको डाक्टर बस्नेतको भनाई छ। 

जिल्ला अस्पताल फाप्लुमा तत्काल उपचार सम्भव नभएपछि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको थियो। थप उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लैजादै गर्दा बाटोमा राईको मृत्यु भएको बताइएको छ। 

प्रकाशित: २४ फाल्गुन २०७४ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App