१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सलिना र नेहालाई उपाधि

काठमाडौं – सेप टु की सलिना हाडा र जिमखानाकी नेहा बानुले बिहीबार तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिताको उपाधि जितेका छन् ।होटल हेरिटेजमा सम्पन्न अन्तिम चरणमा सेलिनाले ६० केजी तौलमाथि र नेहाले ६० केजीमुनिमा उपािध जितेका हुन्।

६० केजीतर्फ सेलिनाले १ सय ४० केजी उठाउँदै जित पक्का गरिन् । त्यस्तै रिभर फिल्ड क्लबकी उमा महर्जनले १ सय २५ केजी उठाउँदै दोस्रो स्थान हासिल गर्दा एनिटाइम फिटनेस क्लब धरानकी अन्जना राई १ सय २२.५ केजी उठाउँदै तेस्रो भइन्।

त्यस्तै ६० तौल केजीमुनि जिमखानाकी नेहाले १ सय २० केजी उठाउँदै प्रथम स्थान हात पार्दा रेज फिटनेसकी अरुणा बस्नेत १ सय १५ केजी र रानीपौवा स्पोर्ट्स सेन्टर पोखराकी ज्योति थापा १ सय केजी उठाउँदै दोस्रो र तेस्रो भए ।दुईवटै विधाका विजेता, उपविजेता र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गरे।

बुधबारबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणबाट ६० केजीमुनि १३ र ६० केजीमाथि  २५ खेलाडी फाइनल चरण प्रवेश गरेका थिए । प्रतियोगितामा उपत्यकाका ७ र उपत्यकाबाहिरका ३ गरी कुल १० क्लबको सहभागिता थियो।

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App