१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुखमा महारालाई उठाउने माओवादी निर्णय

काठमाडौँ – संघीय संसदको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। शुक्रबार बिहान बसेको माओवादीको बैठकले महराराई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको हो। 

पूर्वसभामुख सुवास नेम्वाङलाई पुनः सभामुख बनाउने एमालेले प्रस्ताव गरेपनि माओवादीले सभामुखमा महरालई नै उम्मेद्वार बनाउने निर्णय गरेको हो।

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने र सभामुखमा नेम्वाङलाई उम्मेद्वार बनाउन चाहेको थियो। 

प्रकाशित: २५ फाल्गुन २०७४ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App